पशुपति क्याम्पसको अध्याक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार मदन लिम्बु

भन्छन–‘क्याम्पसको शैक्षिक सुधार र समृद्ध मुख्य एजेण्डा’

काठमाडौं,माघ २९ । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले पशुपति बहुमुखी क्याम्पसबाट स्ववियु निर्वाचनका लागि मदन लिम्बुलाई अध्यक्षको उम्मदवार बनाएको छ ।

अखिल क्रान्तिकारीले लिम्बु लामो समयसम्म विद्यार्थी आन्दोलनमा संक्रिय रहदैँ विद्यार्थी नेताको रुपमा स्थापित भैसकेका जुझारु र सशक्त व्यति भएकाले उनको नेतृत्वमा पशुपति क्याम्पसमा संगठनले स्ववियु चुनाव लड्ने जनाएको छ ।

निर्वाचनको लागि क्याम्पस अध्यक्षको उम्मेदवारी पाए लगत्तै लिम्बले समग्र शिक्षा क्षेत्रको सुधार तथा क्याम्पसको संवृद्धी र विकास आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन ।

लिम्बुका पक्षधरहरुले उनको लागि भोट माग्दै सामाजिक संजालमा व्यापक प्रचार प्रसार गरेको छन । क्याम्पस हाता वरपर समेत उनको प्रचारलाई तिब्र पारीएको नेताहरु बताउछन ।