झापामा एकतिस दल दर्ता,पाँच लाख बढिले मतदाता सूचिमा नाम लेखाए

१३ हजार आठ सय तीन मतदाता थपिए

झापा,माघ २९ । सरकारले निर्वाचनको तयारी गर्ने जनाउदै आएको बेला झापा जिल्लामा निर्वाचना कार्यालयमा ३१ दल सूचीकृत भएका छन् ।

त्यहाँ पाँच लाख तीन हजार १७३ जना मतदाताले नाम लेखाएको र निर्वाचनका लागि दहलरुले आफ्नो सूचिकरण गर्नेकाम गरिरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार झापाको आजसम्म नामलेखाएका कुल मतदाता मध्य दुई लाख ५३ हजार ३० जना महिला,दुई लाख ५० हजार एक सय ३९ पुरुष र चार तेस्रो लिङ्गी रहेका छन् ।

कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत १३ हजार आठ सय तीन मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताएका छन । रासस