आज बिहानै पूर्वप्रधानमन्त्री भट्टराई बालुवाटार छिरें

प्रधानमन्त्रीसँग विविध विषयमा छलफल

काठमाडौं,माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति,नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेटघाट भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक भट्टाराईले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गरेका हुन । पूर्व माओवादी पार्टीमै हुदा अत्यन्त मिलनसार यि दुई नेताहरुबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीलाई भेट्न बिहानै बालुवाटार पुगेका भट्टराईले मुलुकको राष्ट्रिय समस्या र त्यसलाई कसरी समाधानको बाटोमा डोर्याउन सकिन्छ भन्ने विषयमा छलफल गरेको प्रधानमन्त्री निवास श्रोतले हरपल नेपालसँग बताएको छ ।

बालुवाटार श्रोतका अनुसार लामो समयपछि पूर्व पार्टी नेकपा माओवादीका दुई नेताहरुबीच आज भएको भेटमा क्ही व्यक्तिगत र राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको छ । उनीहरुको बीचमा समसामयिक राजनीतिक परिस्थिति, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल चलिरहेको बताइएको छ।

खासगरी प्रधानमन्त्री प्रचण्ड नेतृत्वको तत्कालीन एकिकृत माओवादी छाडेर नयाँ शक्ति पार्टी बनाउन पुगेपछि सँगै जनयुद्ध लडेका यि सहयोद्धा नेताहरुबीच सौहार्दपूर्ण वातावरणमा भेटघाट हुन सकेको थिएन । उनीहरुको राजनीतिक बोटो र रणनीती नै फरक फरक भएको छ । आजको उनीहरुबीचको भेटले सबै नेता कार्यकर्ताहरुमा खुशी पारेको छ ।

सरकारले स्थानीय निकायको तयारीको काममा तिब्रता देखाउदै मिति घोषणामा लागेको बेला उनीहरुको बिचमा भएको छलफलले विशेष अर्थ राख्ने देखिन्छ ।
विशेषगरी मधेशी मोर्चाका मागहरुको कार्यान्वयन र निर्वाचनको सन्दर्भमा केन्द्रीत रहेर उनीहरुको बीचमा छलफल भएको बताइएको छ ।