पाल्पामा चौरासी प्रतिशत महिलाको सुरक्षित प्रसूति सेवा

५० शैयाको अस्पताल भवन बन्दै

पाल्पा,माघ २९ । सुरक्षित रुपमा शिशु जन्माउन पाल्पाका ८४ प्रतिशत महिलाले सुविधासम्पन्न प्रसूति गृहबाट सेवा लिनेगरेका छन् ।

सुरक्षित मातृशिशुका लागि यहाँका महिला स्वास्थ्य संस्था धाउन थालेका हुन् । पाल्पा जिल्ला सरकारी स्वास्थ्य संस्थामा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएपछि गत आवमा ८४ प्रतिशत महिलाले सुरक्षित रुपमा प्रसूति गृहमा आएर शिशु जन्माए ।

सरकारले मातृशिशु मृत्युदर घटाउने लक्ष्य लिई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था गरेपछि यहाँका महिला सुत्केरी हुन स्वास्थ्य संस्था धाउन थालेका हुन् । गत आवमा मात्र छ हजार तीन सय हराहारीका महिलाले स्वास्थ्य संस्थामा आएर प्रसूति गराए ।

जिल्लाका २५ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएको छ । तानसेनको लुम्बिनी मेडिकल कलेज तथा स्वास्थ्यचौकीबाट महिलालाई निःशुल्क सुत्केरी हुने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीले बताए ।

अस्पताल भवन बन्दै

रामपुरको पूर्वी भेगमा अवस्थित रामपुर नगरपालिकामा ५० शैयाको अस्पतालको भवन निर्माण हँुदैछ । पन्ध्र शैयाको क्षमतामा सञ्चालित अस्पतालले घरदैलामै स्वास्थ्य सेवा प्रदान गर्ने बताइएको छ ।

रवीना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिब साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । आव २०७२÷०७३ को पुसदेखि निर्माण सुरु गरिएको भवन तीन वर्षमा सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । रासस