पाटन क्याम्पसमा अखिल क्रान्तिकारीकाे उम्मेदवारमा एमानसिंह राना

राना भन्छन–‘नमुना क्याम्पस वनाउने लक्ष्य छ’

काठमाडौं,माघ २८ । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले पाटन संयुक्त क्याम्पसमा एमानसिंह रानालाई स्ववियु अध्यक्षको उम्मेदवारमा एमानसिंह रानाको नाम घोषणा गरेको छ ।

पाटन क्याम्पसको स्नातकोत्तर तह (अंग्रेजी)प्रथम वर्षका नियमित विद्यार्थी रानालाई क्याम्पस समितिको वैठकवाट सर्वसम्मत रुपमा स्ववियु अध्यक्षको उम्मेदवार घोषणा गरिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष गंगाराम तिमिल्सैनाले हरपल नेपाललाई वताए ।

उपाध्यक्ष तिमिल्सैनाले भने–‘क्याम्पसमा रानाजीको व्यक्तिगत प्रभाव र अन्य विद्यार्थीहरुसँग पनि राम्रो सम्बन्ध रहेको छ । उहाँ हाम्रो संगठनको जिम्मेवार नेता पनि हो । लामो समयसम्म विद्यार्थी आन्दोलनमा सक्रिय हुनुहुन्छ । हामीले पाटन क्याम्पसमा हाम्रो प्यानल नै विजय हुने देखेका छौ ।’

अखिल(क्रान्तिकारी)को प्रस्तावमा त्रिभुवन विश्वविद्यालयले उम्मेदवार वन्न २८ वर्षे उमेरहद लगाएपछि २५ वर्षीय राना उम्मेदवार वनेका हुन् । पाटन क्याम्पसका लोकप्रिय विद्यार्थी नेता राना दैलेख वेलपाटाका स्थायी वासिन्दा हुन् ।

अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य समेत रहेका रानाले पाटन क्याम्पसलाई नमुना क्याम्पस वनाउने आफ्नो मुल ऐजेण्डा भएको वताए। रानाले पाटनमा आफ्नो जीत सुनिश्चित रहेको दावी गरे ।