प्रहरी प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा खेलाडीहरु पुरस्कृत

प्रहरी परिवारका सन्ततीलाई छात्रबृत्ति प्रदान

काठमाडौं,माघ २८ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगिताका बिजयी टीम तथा खेलाडीहरुलाई पुरुस्कार तथा प्रशंसापत्र वितरण गरिएको छ ।

विभिन्न खेलकुद प्रतियोगितामा बिजयी भएकार आएका खेलाडिहरुलाई बिहीबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिवारले आयोजना गरेको एक समारोहबीच नारी बिकास प्रशिक्षण केन्द्रकी अध्यक्ष करुणा शाहले पुरस्कार तथा प्रशंसापत्र वितरण गरेकी हुन ।

वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले आयोजना गरेको आन्तरिक फुटबल प्रतियोगिताका बिजयी खेलाडी तथा प्रहरी परिवारका सन्ततीहरुबीच भएको टेबलटेनिस, १ सय मिटर दौड, ५० मिटर दौड र म्युजिकल चेयर खेलका खेलाडीहरु उक्त अवसरमा पुरस्कृत भएका छन ।

साथै प्रशिक्षण केन्द्रकी अध्यक्ष राणाले प्रतिष्ठानमा कार्यरत प्रहरी परिवारका सन्ततीहरुलाई छात्रबृत्ति समेत प्रदान गरेकी छन । प्रतिष्ठानमा कार्यरत प्रहरी कर्मचारीका सन्ततीमध्ये एलकेजीदेखि ९ कक्षासम्म पछिल्लो अन्तिम परीक्षाफलको लब्धाङकपत्रको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने ६ जना जेहेन्दार बालबालिकालाई उक्त प्रशिक्षण केन्द्र कोषबाट प्राप्त हुने गरी जनही ५ हजार रुपैयाँको उक्त छात्रबृत्ति प्रदान गरिएको छ ।

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाह, प्रहरी अधिकृतहरु लगायत प्रशिक्षण केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।