अनेरास्ववियुका विद्यार्थी नेता राईको निधन

शवलाई पार्टी कार्यालयमा लागिदै

काठमाडौँ, माघ २८ । नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको बिहीबार निधन भएको छ । माघ २५ गते भक्तपुरमा सडक दुर्घटनामा परेका राईको काठमार्डौ स्थित विर अस्पतालमा उपचारको क्रममा हिजो साझँ निधन भएको हो ।

उनको निधनको खबरले अनेरास्ववियु र सिंगो विद्यार्थी आन्दालनलाई क्षती पुगेको भन्दै अनेस्ववियुकौ अध्यक्ष नविना लामाले हीजो एक वक्तव्य मार्फत मृत आत्माको चिर शान्तिको कामना गरेकी छन । अखिल अध्यक्ष लामाले मृतक राईको मृत्युले आफुहरुलाई गहिरो चोट परेको र दुख लागको जनाइएको छ ।

२७ वर्षीय राईको उपचारका क्रममा बिहीबार वीर अस्पतालस्थित ट्रमा सेन्टरमा निधन भएभएको खबरले उनका आफ्न्त,साथीभाई र पार्टीका नेताहरुले दुख मनाउ गर्दै आएका छन । खोटाङ स्थायी घर भएका राई अखिलको खोटाङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थियो ।

राइको पार्थिव शरीरलाई आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा लगेर पार्टीको झण्डा सहित अन्तिम श्रद्धाञ्जलिका लागि राखिने तयारी भएको अखिलले जानकारी दिएको छ ।