काठमाडौं शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारीबाट गंगा दाहालको उम्मेदवारी घोषणा

भन्छीन–‘क्याम्पसबाट पुरै प्यानलकै जित हुन्छ’

काठमाडौं,माघ २८ । स्ववियु निर्वाचनको व्यापक तयारीमा जुटेको माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले काठमाडौं शिक्षा क्याम्पसमा गंगा दाहाललाई अध्यक्ष पदको अम्मेदारको लागि अघिसारेको छ । उम्मेदारको विषयमा क्रान्तिकारीले लामो छलफल र वहस गर्दै शिक्षा क्याम्पसमा दाहालको उम्मेदारी हुने घोषणा गरेको हो ।

लामो समयदेखि विद्यार्थी राजनीतिमा क्रियाशिल दाहाल शिक्षा क्याम्पसमा सबैले रुचाइएकी नेतामा गनिन्छीन भन्दै अखिल क्रान्तिकारीले भनेको छ–‘सशक्त,जुझारु र लोकप्रिय विद्यार्थी नेतृ भएकाले उनले त्यो क्याम्पसमा चुनाव जित्ने आधारहरु हामीले देख्यौ । उनको नेतृत्वमा क्याम्पसको उम्मेदार पयानल बन्छ । हामी ढुक्क छौ शिक्षा क्याम्पसका साथै देसैभरीबाट हाम्रो संगठन बहुमत सहित पहिलो स्थानमा आउने छ ।’

क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले दाहाल अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य समेतको भुमिकामा रहेर लामो समयदेखि विद्यार्थी हक,हीत र अधिकारको पक्षमा लड्दै आएकी,एक जुझारु नेता भएको भन्दै उनको जीत निश्चीत रहेको हरपल नेपालसँग बताए ।

अध्यक्ष पदको उम्मेदार दाहालको स्थायी घर सिन्धुली हो । स्ववियु अध्यक्षको उम्मेदवारमा नाम आएसँगै उनले क्याम्पसमा आफ्नो चुनावी अभियानलाई तिब्र पारेका बताएकी छन ।

आफ्नो जितप्रति ढुक्कहुँदै दाहालले भनिन्–‘अरु संगठनहरुलाई उम्मेदवार खोज्नमै हैरान छ,तर हामी सवै विद्यार्थीहरु माझ पुगिसक्यौं । सबैजसो विद्यार्थीहरुले हाम्रो संगठनको उम्मेदारीको घोषणालाई सकारात्मक रुपमा लिएका छन । साथीहरुले प्रचार प्रसारको काममा पनि राम्रो साथ सहयोग गरिरहनु भएको छ । तसर्थ हाम्रो प्यानल पुरै जित्नेमा म आसावादी छु ।’

उनले विद्यार्थीलाई सर्टिफिकेटका आधारमा शैक्षिक ऋण र पार्टटाइम जब दिलाउन सरकारलाई वाध्य पार्ने मुद्दालाई चुनावमा प्रमुखताका साथ उठाउदै शैक्षिक सुधारको एजेन्डाहरुलाई अघिसारेको दाहालले बताइन । उनले छात्रालाई उम्मेदवार वनाएकोमा आफ्नो संगठनलाई विशेष धन्यवाद दिंदै दाहालले काठमाडौं शिक्षा क्याम्पसका विद्यार्थीले यसपटक स्ववियुमा परिवर्तन खोजेका प्रतिकृया दिएकी छन ।