स्ववियुको उम्मेदारी विवादले एमाले अखिलमा ओली र नेपाल पक्षबीच झडप

८ जना घाइते

पोखरा,माघ २७ । पोखराको पिएन क्याम्पसमा एमाले निकटको अखिलमा स्ववियु निर्वाचनको सन्दर्भमा उम्मेदवार कहाँ कस्लाई उठाउने भन्ने विषयमा भएको सामान्य विवाद बढ्दै जाँदा एक आपसमा झडपको स्थिती बन्न गएको छ

एमाले भित्र रहेका भिविन्न नेताहरुका गुटहरुले आफ्नो आफ्नो गुटबाट उम्मेदार तयार गर्न थालेपछि विवाद बढेको थियो । मुख्यतया एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल निकट मानिने केही विद्यार्थीहरुबिच आज पिएन क्याम्पसको स्ववियु चुनावमा उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा विवाद भएको हो ।

उनीहरुको बीचमा उत्पन्न बिवादले बिस्तारै झडपको रुपलिएको प्रत्यक्षदर्सिहरुले बताएका छन । बिवाद बढ्दै झडमा परिणत हुँदा ८ जना घाइते भएका छन् ।

झडपबाट घाइते भएका ओलि पक्षका शेखर पौडेल,अमृत सुवेदी,अनुप लामिछाने तथा नेपाल पक्षका बिमल पौडेल,बिनय राना,दिनेस ढुङ्गाना आदीको अहिले पोखरा स्थित गण्डकी अञ्चल अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

केही घाइतेलाई भने थप उपचारको लागि पोखराकै मणिपाल अस्पतालमा पुर्याइएको छ । उनीहरुको टाउको र शरिरका अन्य भागमा चोट लागेको छ ।