माओवादी केन्द्रको कार्यालय टिमको बैठक बालुवाटारमा बस्दै

निर्वाचन र मधेसी मोर्चाको मागबारे छलफल हुने

काठमाडौं,माघ २७ । नेकपा माओवादी केन्द्रले स्थानिय निकायको चुनाव,त्यसको तयारी र संविधान संशोधनको मुद्धामा पार्टीभित्र उठेका प्रश्नहरुलाई छलफल गर्नका लागि पार्टी केन्द्रीय कार्यालय  टिमको अहिले बैठक बस्दै छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने केन्द्रीय कार्यालयको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस र अन्य साना पार्टीहरुले स्थानीय निर्वाचनको विषयमा प्रस्तुत गरेको धारणा र निर्वाचनको अपरिहार्यताको सन्दर्भमा विस्तृत छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रको अहिले केहीबेरमा बस्ने बैठकमा स्थानीय निकायको निर्वाचनबारे सत्तारुढ दलको धारणा तथा प्रतिपक्ष दल एमालेको निर्वाचनको मागको विषयलाई पनि गम्भीर छलफल गरिने बताइएको छ ।

सत्तामा नेतृत्व गरिरहेको माओवादी केन्द्रको अगाडि यतिबेला सत्तारुढ दललाई मिलाउन नसक्नु,प्रतिपक्षको अवरोध र मधेसी मोर्चाको माग समस्याको रुपमा खडा भएको माओवादी केन्द्र निकट एक नेताले हरपल नेपालसँग कुरागर्दै भने, पार्टीले सबै समस्याहरुको समाधान गर्ने ढंगले कार्यक्रम अघि बढाउनु पर्दछ ।

माओवादी श्रोतका अनुसार कार्यालय टिममो बैठक अहिले ३ बजेबाटु सुरु गर्ने भनिएको छ । केही नेताहरु अझै नपुगेका कारण सुरु भएको छैन ।