रफत सञ्चार क्लबको शाखा विस्तार अभियान तीब्र गतिमा

दैलेख,सुर्खेत र बाँकेमा शाखा गठन कार्य सम्पन्न

काठमाडाै‌,माघ २७ । रफत सञ्चार क्लबले मध्यपश्चिमका विभिन्न जिल्लामा शाखा विस्तारको अभियानलाई तीब्रता दिएको छ ।
मध्यपश्चिमको दैलेखबाट शुरु गरिएको सो अभियान अन्तर्गत दैलेखमा कुमार प्याकुरेलको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ ।

रफत रञ्चार क्लबका केन्द्रीय अध्यक्ष शुसिलबन्धु थापाले भने–‘ जिल्ला शाखा विस्तार अभियान तीब्र पारिएको छ । दैलेखमा कुमार प्याकुरेलको अध्यक्षतामा समिति गठन भयो । प्रदेश नंम्बर ६ को प्रस्तावीत राजधानी सुर्खेतमा पनि क्लबको शाखा विस्तार गरिएको छ ।’

अध्यक्ष थापाका अनुसार सुर्खेतमा खगेन्द्र अधिकारीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । यस्तै सुर्खेत शाखाको समितिको उपाध्यक्षमा रमेशकुमार पाण्डे, सचिव सबिता जीसी, सहसचिव डिलप्रसाद शर्मा, कोषाध्यक्ष बखत बुढा रहेका छन् । अन्य सदस्यहरुमा आइसिंह रोकामगर र चाँदनी केसी छन् । सुर्खेतमा सम्पन्न उक्त भेलाले कलेन्द्र सेजुवाल, सुशिल शर्मा र प्रकाश अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।

त्यसैगरी बाँकेको नेपालगन्जमा महिला पत्रकार रञ्जिता ढकाल (थापा)को संयोजकत्वमा ७ सदस्यीय क्लबको शाखा गठन गरिएको छ । बाँके शाखामा भने कार्य समिति पदाधिकारीहरुमा सबै महिला पत्रकारहरु मात्रै रहेका छन् ।

क्लबका केन्द्रीय अध्यक्ष थापाले राष्ट्रिय तथा स्थानीयस्तरका मुद्दाहरुलाई अन्तरसंवादका माध्यमबाट प्रचारप्रसार गर्ने, बहस सिर्जना गर्ने र सरोकारवालालाई देश र जनताप्रति जवाफदेही बनाउन नवगठित शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्न गर्नुपर्ने बताएका छन् ।