त्रिविमा अखिल क्रान्तिकारीको अध्यक्षमा तिलक उपाध्यायः जीत सुनिश्चीत भएको दाबी

त्रिविलाई अन्तर्राष्ट्रिय स्तरको सेन्टर फर एक्सिलेन्सु वनाउने घोषणा

काठमाडौं,माघ २७ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी)ले तिलकप्रसाद उपाध्यायलाई स्ववियु अध्यक्षको उम्मेदवारको लागि घोषणा गरेको छ।

बुधबार राति अबेरसम्म बसेको अखिल क्रान्तिकारीको त्रिभुवन विश्वविद्यालयसमितिको बैठकले उनलाई सर्वसम्मत रुपमा आगामि स्ववियु निर्वाचनको लागि संगठनको तर्फबाट अध्यक्ष पदको उम्मेदार बनाउने निर्णय गरेको हो ।

त्रिविको अध्यक्षका लागि उम्मेदार घोषित भएका उपाध्याय क्रान्तिकारीको केन्द्रीय सदस्य तथा त्रि.वि.समितिका सचिव हुन्।
यसअघि अस्कल क्याम्पसमा अखिल क्रान्तिकारीको अध्यक्ष र सचिवको जिम्मेवारी निर्वाह गरी सकेको उपाध्यक्ष राजनीतिक र शैक्षिक आन्दोलनको नेतृत्व गदैआएका सक्षम नेतामा गनिन्छन ।

कालिकोटमा जन्मिएका २७ वर्षीय उपाध्यायको बसाइ हाल कैलाली टिकापुरमा रहेको छ । उनी त्रिविमा अर्थशास्त्र विषयमा दोस्रो सेमेस्टारका नियमित विद्यार्थी हुन्।

सरल,जुझारु र मिलनसार स्वाभावका उपाध्यायले त्रिविमा आफ्नो संगठनको जीत सुनिश्चीत देखेको भन्दै सबैलाई सहयोगका लागि जुटिदिन आग्रह गरेका छन । उनले स्ववियु जितेपछि त्रिविलाई अन्तर्राष्ट्रिय स्तरको ुसेन्टर फर एक्सिलेन्सु वनाउने आफ्नो चाहना रहेको समेत बताएका छन ।

अघिल्लो पटकको स्ववियु चुनावमा अखिल क्रान्तिकारीका नेता हिमाल शर्माको प्यानलले त्रिभुवन विश्वविद्यालयमा जीतेको थियो ।

आउंदो फागुन १ गते अखिल (क्रान्तिकारी)ले देशैभरका सवै कलेजमा स्ववियुको लागि उम्मेदवार घोषणा गर्ने तयारी भैरहेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले हरपल नेपाललाई जानकारी गराएका छन ।