बाँकेका चारसय पचास घरलाई १० हजार अनुदानमा सोलार वितरण

स्थानीयवासीहरु हर्षित

बाँके,माघ २७ । लामो समयदेखि विद्युतीकरण हुन नसकेको बाँकेको बघौडा क्षेत्रका करिब चारसय घरलाई सोलार वितरण गरिएको छ ।

निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सरकारले अनुदान दिइएको सोलारमा पहिलो चरणमा साढे चारसय घरका लागि सोलार वितरण गरिएको जिल्ला विकास समिति बाँकेले जनाएको हो ।

सोलारबाट बत्ति बल्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । यसअघि त्यहाँका स्थानीयहरु टुकी बाल्दै आएका थिए । १२ हजार मूल्य पर्ने सोलारमा १० हजार अनुदान दिएर स्थानीयवासीले रु दुई हजार तिरेपछि सोलार उपलब्ध गराइएको हो ।

बघौडाका नरैनापुर, लक्षमणपुर, गङ्गापुर, मटेहिया, कालाफाँटा र गङ्गापुरका करिब १० हजार घरमा सोलार जडान गरिने जिविसका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले बताएका छन । रासस