वैशाख ९ गते युवा संघ नेपालको महाधिवेशन हेटौडामा हुने

तयारीमा जुट्न आग्रह

काठमाडौं,माघ २७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकटको युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन बैशाख ९ गते हुने भएको छ । बुधबार सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै युवासंघ नेपालले आफ्नो महाधिवेशन आउदो वैशाख ९ गते हेटौंडामा गर्ने जनाएको हो ।

लामो समयदेखि महाधिवेशनको मिति टुङरग्याउन नसकेको उसले बुधबारको बैठकबाट लेनिन जयन्ती दिवसको दिन अधिवेशन गर्ने सहमती जुटेको युवा संघ नेपालले बताएको छ ।

युवा संघले विज्ञप्ती जारीगर्दै मातहतका सबै संगठन र नेता,कार्यकर्ताहरुलाई युवासंघ नेपालको राष्ट्रिय महाधिवेशनको लागि तयारीमा जुट्न आग्रह समेत गरेको छ ।

युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले विज्ञप्तीमा उल्लेख भएअनुसार मिति र स्थानमा आफ्नो संगठनको महाधिवेशन सम्पन्न हुने बताउदै त्यसको तयारीका लागि नेता कार्यकर्ताहर जुटिरहेको बताएका छन ।