प्रेम दिवसमा कसरी प्रस्ताव गर्ने सोच्दै हुनुहुन्छ ? सागरको ‘मेरो मनमा..’ सुन्नुस सजिलो बनाउँछ

हरपल नेपाल-काठमाडौं । युवा गायक सागर परियारले फेब्रवरी १४ अर्थात प्रणय दिवसको अवसरमा आफ्नो बहुचर्तित ‘मेरो मनमा लेखेको तिम्रै नाम छ’ बोलको गितले मनैबाट साँचो माया गर्नेहरुलाई एक आपसमा प्रेम प्रस्ताव राख्न सघाँउने बताएका छन ।

गायक सागरले हरपल नेपालसँग कुरा गर्दै भने–‘माया,प्रेम र आत्मियता बाँड्न सिकाउने पर्व प्रणय दिवस आउँदै छ । म मेरो तर्फबाट सबैलाई प्रेममय शुभकामना भन्न चाहन्छु । वास्तवमा प्रेम भन्ने कुरा हृदयमा महसूस हुने गर्छ,जुन पहिलो माया गर्नेहरुको लागि व्यक्त गर्न अत्यन्त गाह्रो पनि हुन सक्छ, तर चिन्ता नगर्नुस । मेरो गीतले तपाईलाई प्रेम प्रस्ताव राख्न अनि साँचो माया बुझ्न र बुझाउन अवश्य सघाँउने छ । मात्र सुनेर मनन गर्नुस ।’

उनको उक्त गीत इन्डियन लेबल नामक म्युजिक कम्पनीले निकालेको हो । गीतको स्वर,शब्द गायकको आफ्नै रहेको छ,भने गीतको भिडियोलाई दिपक बिकले निर्देशन गरेका छन । उक्त गीतको भिडियोमा नविन गोतामी र एन्नी कुवँरले अभिनय गरेका छन ।

गायक सागरले अन्तर मनमा कसै प्रति पलाएको चोखो र निश्चल माया व्यक्त गर्न नसकेका आम श्रोता अनि दर्शकहरुले आफ्नो गीतको माध्यमबाट मनको मान्छे समक्ष प्रेमभाव बुझाउन सक्ने दाबी गरेका छन । उनले गीत,संगीत आफैमा प्रेमको उपमा भएको भन्दै त्यसको माध्यमबाट व्यक्त गरिने मायाको प्रस्ताव अत्यन्त फरक अनि यादगार हुने समेत बताए ।

आजभोलीका युवा पुस्तामा मन परेको मान्छेलाई सिधै प्रस्ताव गर्ने प्रचलन बढ्दै गएको छ,जस्ले गर्दा सम्बन्धीत मानिसले उहाँको प्रस्तावलाई अस्वीकार गरेको अवस्थामा कल्पनै नगरिएका घटनाहरु समेत हाम्रो समाजमा घटिरहेका छन । मायाको महसूस दुबै पक्षलाई नहुदा समाजमा त्यस्ता घटनाहरु दोहोरिदै गएको उनले बताए ।

उनले जस्तो सुकै कठोर मनलाई पनि माया,विश्वास,सहयोग अनि निरन्तर सकारात्मक सोचले प्रेममा बदल्न सक्ने ठोकुवा गर्दै भने–‘हरेकको मन कमलो नै हुन्छ,हरेक कसैलाई मायाको चाह बढेकै हुन्छ, तर माया गर्ने,बुझाउने,देखाउने र प्रस्ताव गर्ने तरिका नमिल्दा कहिले काही साँचो मायामा बाधा आउने गर्दछ । गीत संगीत प्रेम प्रस्तुत गर्ने र मानिसको मनमा प्रेम भावनाको विकास गराउने एक सशक्त माध्यम हो ।’

गीत संगीतमा अत्यन्त लगाब राख्ने सागर, जस्ले आफ्नै मिहनेतको कमाईले उक्त गीत श्रोताहरु माझ ल्याए । त्यस पछि पुर्न कडा मेहनतबाट केही रकम संकलन गरेर केहि समय यता त्यस गीतको भिडियो समेत सार्वजनिक गरेका छन । उनले गीत निकाल्न रकमको जोहो गर्नकै लागि भारतदेखि अन्य तेश्रो मुलुकमा गएर काम गर्नुपरेको पिडा समेत हामीलाई सुनाए ।

तगहुँको विकट भुस्नापुर भन्ने गाउँको एक सामान्य परिवारमा जन्मिएका सागर आफ्नो जीनदगीमा धेरै खालका उतारचढाबहरु आएको र त्यसलाई कठोर मन बनाएर सामना गर्दै बढ्ने क्रममा ‘मेरो मनमा..’बोलको यो गीत जन्मिएको बताउँछन । त्यहिबाट संघर्ष गर्दै आफुलाई हिटलर सागरको नामले परिचित गराउन चाहेको उनले बताए ।

LOADING...