अत्तरियामा एक मृतकको शप भेटियो
प्रकासित मिति : २०७३ माघ २६, बुधबार
प्रकासित समय : १८:५३
कैलाली,माघ २६ । कैलालीको अत्तरिया नगरपालिका अन्तर्गत पर्ने महेन्द्र राजमार्गबाट करिब २० मिटर उत्तरतर्फ एकजनाको लाश फेला परेको छ ।
मृत अवस्थामा फेला परेको उक्त लाशको रमेश ऐरको भन्ने कुरा खुल्न आएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका ३३ वर्षीय रमेश ऐरको शरिरमा भने कुनै घाउ चोट नरहेको र मुखबाट बान्ता गरेको अवस्थामा शव फेला परेको हो ।
प्रहरीका अनुसार मृतक ऐरको शवको सेती अञ्चल अस्पतालमा परीक्षण गरी आफन्तको जिम्मा लगाएको छ ।