कैलालीमा आफ्नै बावुले गरे छोराको हत्या

बावु अहिले प्रहरी नियन्त्रणमा

कैलाली, माघ २६। कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ ।

गएराति ११‍‍‍.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उनका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बाबु छोराबीच जग्गाको विषयमा विवाद हँुदा बावुले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए । घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल पु¥याइएको थियो ।

घोडाघोडी अस्पतालले थप उपचारका लागि घाइतेलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरेपछि उनको उपचारकै क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाबु रोकायलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । रासस