हरहालतमा निर्वाचन तोकिएकै समयमा हुन्छः प्रधानमन्त्री

निर्वाचन समयमै नभए गणतन्त्र खतरामा

चितवन,माघ २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरहालतमा निर्वाचन हुने बताएका छन । उनले अब कुनै पनि हालतमा निर्वाचन नरोकिने वताउँदै सरकारले तीन तहको निर्वाचन गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान नै लवारिस हुने खतरा रहेको बताएका छन ।

उद्योग संघ चितवनले निर्माण गर्न लागेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रको बुधवार भरतपुरमा शिलन्यास गर्दै प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाउन संविधान संशोधन गरी निर्वाचनतर्फ जानुपर्ने बताएका हुन।

कायक्रमलाई सम्बोधन गर्दै उनले भने “हामीले कसैलाई निषेध ग¥यौं र अपमानित ग¥यौं भने राष्ट्रिय एकता र स्वाधिनतामा नै अप्ठ्यारो पर्ने स्थिति छ । हाम्रो राष्ट्रिय एकताको संवेदनशीलतालाई मनन गरेर अगाडि बढ्न जरुरी छ । हामी सबैलाई समेटेर निर्वाचनमा लैजान चाहन्छौं । यो कुरा सबैले बुझिदिनु प¥यो ।”

देशलाई विखण्डन गर्न खोज्ने प्रवृत्ति र अलग देशका कुरा गर्ने प्रवृत्तिमाथि कुनै हालतमा सरकारले छुट नदिने भन्दै दुनियामा त्यस्तो देश कही नभएको जहाँ अलग देशको कुरा गरेर हिँड्नेहरुलाई छुट दिएको छ,हामीले पनि त्यस्ता तत्वलाई कार्वाही गर्नुैपर्छ, उनले भने ।

नेपालको ईतिहास स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वाधिन रहँदै आएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्रको अहिलेको जमानामा देश टुक्राउने कुरा गर्नेहरुलाई छुट दिन नसकिने र त्यसमा सरकार कठोर रुपमा प्रस्तुत हुने समेत बताएका छन ।

वास्तविक राष्ट्रवाद व्यवहारमा अभिव्यक्त हुनुपर्ने भन्दै उनले राष्ट्रलाई एकताबद्ध गरेर मात्रै राष्ट्रवादको अभिव्यक्ति हुनसक्ने धाराणा राखे । अहिलेको सरकारलाई मधेश, पहाड, हिमाल जोड्ने ऐतिहासिक जिम्मेवारी रहेको बताउँदै उनले त्यसलाई सरकारले गम्भीर रुपमा लिएको समेत जनाए।

अहिलेको सरकारको मुख्य एजेण्डा तथा महाअभियान विद्युतीकरणतर्फ देशलाई लैजान अनावश्यक कचिङ्गत पैदा गर्ने तिर होईन, सकारात्मक र रचनात्मक सहयोगका निम्ति हो भन्दै उनले विद्युतीकरणबाट देशलाई आर्थिक गति दिन सकिने, रोजगारी सिर्जना गरी औद्योगिकरण र विकासलाई गति दिन सकिने कुरा प्रस्तुत गरे।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रदर्शनी केन्द्र ३० करोड रुपैयाँको लागतमा निर्माण गर्न थालिएको बताइएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा ३० वर्षका लागि भाडामा लिएर १५ करोड सरकारले र १५ करोड निजी लगानीमा निर्माण गर्न लागिएको प्रदर्शनी केन्द्र अत्याधुनिक र सुविधासम्पन्न हुने जनाइएको छ।