सरकार संविधान कार्यान्वयन गर्न छोडेर आत्महत्याको बाटोमा हिड्दै छ – पूर्व मन्त्री पण्डित

जेष्ठमा निर्वाचन गर्न सकेन भने,सरकारको औचीत्य समाप्त

भक्तपुर,माघ २६ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री लालबाबु पण्डितले सरकार संविधान कार्यान्वयनमा नलागी आत्महत्याको बाटोमा अग्रसर भइरहेको आरोप लगाएका छन ।

रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व मन्त्री पण्डितले सरकार निर्वाचनमा जान डराएर आत्महत्याको बाटोमा गइरहेको बताएका हुन ।

सरकारमा रहेका शक्तिहरु निर्वाचनमा जान थरथर कामीरहेको बताउँदै उनले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको बताए । निर्वाचनको हल्ला गरेर,निर्वाचन नगर्नको निम्ति हल्ला चलाइएको हो भने त्यो गलत हुने उनको भनाए रहेको छ । सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न सकेन भने सरकारको औचीत्य समाप्त हुने समेत उनले बताए ।

निर्वाचन गर्न नसके सत्ताधारी राजनीतिक पार्टीहरुको सत्तामात्रै ढल्ने नभई ती राजनीतिक पार्टी पनि जनताको बीचबाट समाप्तिको बाटोतर्फ लाग्ने भन्दै । उनले चुनाव गर्न र संविधान कार्यान्वयन गर्नका लागि खुट्टा नकमाउन सरकारलाई आग्रहसमेत गरे ।

नेपालका मूख्य राजनीतिक शत्तिहरु एक भएर निर्वाचनमा जानुको विकल्प नभएको भन्दैे उनले विपक्षी राजनीतिक दलहरुले सबैभन्दा छिटो संविधान कार्यान्वयनको हुदै निर्वाचनमा प्रवेश गर्न चाहादा पनि सरकार भने निर्वाचन गर्न आलटाल गरिरहेको आरोप समेत लगाए । सरकारमा गएपछि सरकारको तागतले चुनाव जित्छु भनेर सरकारमा लालहीत हुने गरेको विगतको अवस्था ठिक उल्टो भएको छ, उहाँले भन्नुभयो, सत्ताधारी चुनावबाट भाग्ने र विपक्षी चुनावमा जान तयार हुने अवस्था आएको छ ।

संविधानलाई सम्मृद्ध बनाउँदै अगाडि बनाउनुपर्नेमा जोड दिर्दै,नेपाली जनताको नयाँ पहिचानको निम्ति हामी गलत मान्यतालाई स्वीकार गर्न सक्दैनौ, उनले भने ।

संविधान कार्यान्वयनमा अवरोध सृजना गर्ने शक्ति नेपालको दुश्मन हुने बताउदै उनले भने, हामी कसैसँग दुस्मनी लिन चाहदैनांै, तर कसैले दुस्मनी लिन्छ भने टाउको निहुराएर लुरुलुरु उनीहरुको कुरा मान्न तयार हदैनौ ।