अखिल क्रान्तिकारीद्धारा स्ववियु निर्वाचनको प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं,माघ २६ । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनको लागि संगठनको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय समितिले आज पत्रकार सम्मेलन गर्दै आफ्नो संगठनको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै देशैभरीका सम्पुर्ण क्याम्पसहरुमा संगठनले प्रचार प्रसार कार्यलाई तिब्र पारेको बताए ।

सार्वजनिक गरिएको प्रतिबद्धता पत्र सहित संगठन निर्वाचनको लागि विद्यार्थीहरुको बीचमा जाने उसले  बताएको छ ।

प्रतिबद्धता पत्रको सावजनिक कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिदै अध्यक्ष न्यौपानेले कुनै पनि हालतमा तोकिएको समय र विधानमै रहेर स्ववियु निर्वाचन हुने दाबी गरे ।

उनले केही विद्यार्थी संगठनहरु यतिबेला आन्दोलनमा आउनुको कुनु तक नभएको र सबै विद्यार्थी संगठनहरको हस्ताक्षर सहितको समहमतिका आधारमा नै त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिक सार्वजनिक गरेको जानकारी समेत गराए ।

उनले आन्दोलनमा रहेका संगठनहरुलाई वार्ता र छलफलको माध्यमबाट निकास खोज्न आग्रह गर्दै भने–‘संगठनका मुद्धाहरुलाई छाडेर सबैले विद्यार्थीहरुको हक,अधिाकारको लागि अहिले तोकिएको मितिमा स्ववियु निर्वाचन गर्नुपर्दछ । हामी सबै स्ववियुको निर्वाचनमा लाग्नुको विकप्ल छैन ।’