शैक्षिक सुधारको एजेन्डा लिएर अघि बढैं,जित निश्चीत छः अध्यक्ष न्यौपाने

देशैभरीबाट पहिलो नम्बरको संगठन हुने दाबी

काठमाडौं,माघ २६ । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले क्याम्पस कलेजहरुमा रहेका विकृती,विसंगति र गलत प्रवृतीको भण्डाफोर गर्दै शैक्षि सुधारका एजेन्डा सहित स्ववियु निर्वाचनमा जोस जाँगर सहित लाग्न निर्देशन गरेका छन ।

आज वानेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी इकाइ समितिले आयोजना गरेको नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मानमा कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले शैक्षि सुधारको एजेन्डा सहित निर्वाचनमा केन्द्रीत हुन निदेर्शन गरेका हुन ।

अध्यक्ष न्यौपानेले अखिल क्रान्तिकारी लामो शैक्षिक र राजनीतिक सर्घषहरुको बीचबाट उदाएको विद्यार्थीहरुको हक र अधिकारको लागि बोल्ने संगठन भएको उद्धोष गर्नै आउदो स्ववियु निर्वाचनमा देशैभरी जित निश्चीत भएको दाबी समेत गरे ।

उनले अखिल क्रान्तिकारी आम विद्यार्थीहरुले सबै भन्दा विश्वास र भरोसा गरिएको संगठनको रुपमा देखिएको बताउदै विद्यार्थी नेता,कार्यकर्ताहरलाई निर्देशन गर्दै भने–‘तपाईहरु उत्साहका साथ शैक्षिक सुधारको एजेन्डा बोकेर विद्यार्थीहरु माझ जानुसर,जित निश्चीत छ । हामी देशैभरीबाट पहिलो नम्बरको संगठनको रुपमा उदाउने निश्चीत छ ।’

उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष रमेश मल्ल,वर्तमान अन्य नेताहरु र क्याम्पसका प्रध्यापक,विद्यार्थीहरुको सहभागीता रहेको थियो ।