जलश्रोतको धनी देशमा लोडसेडिङ अन्त्य गर्न असम्भव छैनः उर्जामन्त्री शर्मा

भन्छन–चाहना भए सबै सम्भव हुन्छ

काठमाडौं,माघ २६ । माओवादी केन्द्रका प्रभावशाली नेता तथा सरकारका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालजस्तो जलश्रोतले धनी मुलुकमा लोडसेडिङ अन्त्य गनु असम्भव नभएको भन्दै सरकारले लोडेडिङ अन्त्य गर्न उज्याले नेपाल अभियान संचालन गरेको बताएका छन ।

आज वानेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी इकाइ समितिद्धारा आयोजित नव आगनतुक विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसतो बताएका हुन ।

मन्त्री शर्माले सरकार,मन्त्रालय र सम्बन्धीत निकायहरुले चाहना गरेमा सबै सम्भव हुने धारणा राख्दै नेपाललाई लोडसेडिङ मुक्त गराउने उज्यालो नेपाल अभियान अब नरोकिने बताए ।

उनले यसअघिका सरकारले नेपालमा उर्जाको सम्भावना र लोडसेडिङ अन्त्य गर्ने सोच,चाहना नगरेकै कारण जनताले विद्युतको अनावश्यक सास्ती खेप्नुुपरेको भन्दै वर्तमान सरकारको चाहना देशैभरीमा लोडसेडिङ मुक्त गर्ने चाहना भएको हुनाले आफुले सम्भव देखेको तर्क गरे ।

उनले नेपालमा रहेका तमाम जल सम्पदाहरुको उचित प्रयोग गरेर उर्जा र कृषिमा त्यसको उपयोग गर्न सकिने बताए ।
स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनलाई शिक्षामा देखीएका विकृतीहरु अन्त्य गर्ने एजेन्डा सहित अघि बढ्न समेत उनले निर्देशन गरेका छन।