म्याग्दीको दुर्गम कुइनेमङ्गका ९६ प्रतिशत सर्वसाधारणले अक्षर चिने

आज पूर्ण साक्षर गाविस घोषणा

म्याग्दी,माघ २५ । म्याग्दीको अत्यन्त दुर्गम कुइनेमङ्गले गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ । १५ देखि ५९ वर्ष उमेर समूहका ९६ प्रतिशत सर्वसाधारणले अङ्क अक्षर चिन्न र पढ्नसक्ने भएपछि सोमबार एक विशेष समारोहबीच सो गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो ।

सो अवसरमा सांसद् रेशम बानियाँले शैक्षिक जागरणबाट मात्रै सामाजिक परिर्वतन सम्भव भएको बताउँदै दुर्गम क्षेत्रमा देखिएको शैक्षिक जागरणले अन्य क्षेत्रलाई पनि पाठ सिकाएको बताए ।

उहाँले सो गाविसमा माध्यामिक विद्यालय सञ्चालनका लागि शिक्षकको दरबन्दी र भौतिक पूर्वाधार विकासमा आफूले सकदो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गाविस सचिव जीतबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ र नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले साक्षरता अभियानले तीव्रता पाइरहेकाले जिल्लालाई छिट्टै साक्षर जिल्ला घोषणा गरिने बताए ।रासस