संखुवासभामा हतियार सहित तीन पक्राउ,थप अनुसन्धान जारी

ताप्लेजुङमा पनि भरुवा बन्दुक सहित एक पक्राउ

काठमाडौं,माघ २४। संखुवासभाको मादी–१३,बेतेनी बाट प्रहरीले हतियार सहित तीन जनालाई पक्राउ गरेको छ । स्थानीय युवाहरुकाबीचमा झगडा भएपछि मादक वद्धार्थ सेवन गरि आएका एक यवकले हतियार देखाएपछि उनीलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन ।

मादी–१३,बेतेनी घर भएका ४९ वर्षीय मानबहादुर तामाङ,उनकी ४१ वर्षीया श्रीमती पासाङ दिखी शेर्पा र १८ वर्षीय छोरा पेम्बा तामाङ गरी ३ जनालाई प्रहरीले हिजो पक्राउ गरेहो हो ।

प्रहरीले उनीहरुको साथबाट १ नाल भरुवा बन्दुक र २ थान खुकुरी सहित प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मान बहादुरले मादक पदार्थ सेवनगरी हतियार सहित झगडा गरेपछि स्थानियले तीनै जनालाई नियन्त्रणमा लिएका थिए ।

प्रहरीले उनीहरुको बारेमा अनुसन्धान गरेपछि भेटीने थप प्रमाणका आधारमा कार्वाही प्रकृया अगाडि बढाउने बताएको छ ।

त्यसका साथै ताप्लेजुङको लिङ्खिम–२ तावा स्थित जंगलबाट लिङ्खिम–५ बस्ने ३२ वर्षीय राजबहादुर लिम्बुलाई १ नाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको समेत बताएको छ ।