रुपन्देहीबाट एसिड प्रहार गरेको अभियोगमा एक पक्राउ

अनुसन्धानका लागि केहिलाई नियन्त्रणमा

रुपन्देही, माघ,२४ ।  एसिड प्रहार गरी गम्भीर घाईते बनाएको अभियोगमा धादिङ नौबिसे–१ बस्ने २८ वर्षीय सुनिल कोईरालालाई आइतबार प्रहरीले बुटवल–६ स्थित मेरिडियन होटेलबाट पक्राउ गरेको छ ।

कोइरालाले प्रेम सम्बन्धमा खटपट भएको कारण उक्त होटेलको कोठा नम्बर १०३ मा सँगै बसेकी नवलपरासी गैंडाकोट–५ बस्ने २७ वर्षीया तुलसा सापकोटलाई अनुहार, टाउको र शरिरमा एसिड प्रहार गरेका थिए ।

घाइते सापकोटाको लुम्बिनी अंचल अस्पतल बुटवलमा उपचार भइरहेको छ । साथै प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी सापकोटाकी सानीआमा काठमाडौं–७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।