निर्वाचन नभए संविधान असफल हुन्छः महामन्त्री डा. कोइराला

मधेशी मोर्चालाई दुई तिहाई बहुमत पुर्याएर संविधान संशोधन गर्न

भक्तपुर, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले निर्वाचन नभए संविधान असफल हुने बताएका छन ।
रफत सञ्चार क्लवमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले सरकारले ०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गर्न असफल नसके संविधान पूर्ण रुपमा असफल हुने बताएका हुन।

सरकारले निर्णय गरेबमोजिम जेठ १० गते भित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनले बताए । उनले कांग्रेस स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउँदै सबै नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा होमिन आग्रहसमेत गरेका छन ।

कांग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा नरहेको बताउँदै पार्टीका केहि नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने उनले तर्क गरे। संविधान संशोधन गर्न दुई तिहाई बहुमतको आवश्यक पर्ने भएकाले कांग्रेस पहाडलाई विभाजन गरेर संघीय प्रदेश बनाउनु हुन्न भन्ने पक्षमा रहेको उउनले बताए ।

महामन्त्री कोइरालाले पाँच नम्बर प्रदेशलाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भावना खल्बलीने बताउँदै मधेशी मोर्चाले भन्दैमा काग्रेस संविधान संशोधनमा नलाग्ने भन्दै पहिला स्थानीय निकायको निर्वाचन गरेर प्रदेश हुँदै प्रतिनिधिसभाको निर्वाचन आगामी ७ माघ २०७४ सालसम्म जसरी पनी गर्नुपर्ने भएकाले मधेशी मोर्चालाई दुई तिहाई बहुमत पु¥याएर संविधान संशोधन गर्न आग्रह गरे ।

अहिलेको संविधान ९२ प्रतिशत सभासद्ले पारित गरेको स्मरण गराउँदै विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन संशोधन गर्न नसकिने उनले जिकिर गरे ।

महामन्त्री कोइरालाले पाटी महाधिवेशन भएको डेढ वर्ष भइसक्दा पनि पार्टीमा पदाधिकारीले पूर्णता नपाउनु विडम्बना भएको बताउँदै छिटै पार्टी पदाधिकारीले पूर्णता पाउने बताए । सभापतिले छिटै पूर्णता दिने वचन दिइरहेकाले पदाधिकारीले पूर्णता पाउने उनको भनाइ रहेको थियो ।