गोरखाका ६५ बर्षिय बृद्धको प्रश्न–‘पुलिसनै चोर भएपछि जनताले सुरक्षा कहाँ खोज्ने सरकार ?’

‘३३ केजी सुन चोर्ने प्रहरी अधिकृत प्रहरी खोरमा’

सुन चोरीको केसमा पक्राउ परेका- प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री ।

काठमाडौं,माघ २३ । अरुबाट असुरक्षित भएर प्रहरीमा खबर गर्ने आम नागरिकहरुले प्रहरीकै उच्च दर्जाका अधिकृतनै चोरीमा संलग्न भएपछि कसरी सुरक्षाको प्रत्याभुति गर्ने र कहाँ जाने सुरक्षाको लागि भन्ने प्रश्न यतीबेला धेरैको मनमा उठेको छ । प्रसंग हो नेपाल प्रहरीले आफ्नै संगठनका एक उच्च अधिकृतलाई सुन चोरीमा संलग्न भएको भन्दै पक्राउ गरेको घटना ।

आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीले पुस २१ गते त्रिभुवन विमानस्थलबाट हराएको भनिएको ३३ तोला सुन चोरेको भन्दै पक्राउ गरेको छ ।

जनताको सुरक्षामा खटिने नेपाल प्रहरीको एक उच्च दर्जाको प्रहरी अधिकेत आफै चोरीमा संलग्न भएपछि जनमानसमा प्रहरी संगठन प्रतिको विश्वासको आधार टुटेको र जनतामा त्यस्ता घटनाले निरासा र डरको स्थिती निम्त्याउने खतरा बढ्को भन्दै हरपल नेपालसँग स्थानीयहरुले गुनासो पोखेका छन ।

नयाँ वानेश्वरको एक चिया पसलमा करिब ६५ बर्षिय बृद्ध आपसमा कुरागर्दै थिए–‘आज पुलिसले नै सुन चोेरेको पत्ता लागेछ नि । यो कस्तो दिन आयो,जो पुलिस उही चोर । अब त कसैको पनि विश्वास रहेन, कस्तो समय आएछ । जताकतै अशान्ति,चोरी र डरको स्थिती,कसरी बाँच्ने होला ।’ त्यहाँ पुगेका हरपल नेपालकर्मिले उनीसँग थप कुरा गरे ।

बृद्धले आन्दोलन र क्रान्तिले मानिसलाई सकारात्मक भन्दा नकारात्मक चेतनाको विकास गराएको जस्तो आफुलाई लागेको बताए । उनले चिन्ता प्रकट गरे–‘अब कस्को विश्वास गर्ने जनताले ? पुलिसनै चोर भएको देशमा । मानिसहरुको छिटो धनी बन्ने गलत सोच र चिन्तनका कारण सर्वसाधारणहरु दिनानुदिन असुरक्षित महसूस गरिहेका छन ।’

उनको घर गोर्खा जिल्ला रहेछ । नाम हर्क प्रसाद कार्की । सरकारी जागिरे छोरासँग काठमाडौंमा आएर दिन बिताउदै गरेका उनले काठमाडौं बस्न लाएक ठाउँ नभएको र सबै फटाहा प्रवृतीका मानिसको भिड मात्र जम्मा भएको भन्दै सरकारले त्यस्तालाई नियन्त्रण र कार्वाही गर्न नसकेको बताउदै आक्रोस समेत व्यक्त गरें ।

कसरी पक्राउ परे सुन चोर्ने प्रहरी अधिकृत ?

प्रहरी श्रोतका अनुसार गत पुस २१ गते त्रिभुवन विमानस्थलबाट उक्त ३३ केजी सुन हराउदा ति प्रहरी अधिकृत त्यहाँको सुरक्षा कमाण्डमा खटिएका दोश्रो वरिएताका अधिकारी थिए । सुन बाहीर पाश नभएपछि संकाको आधारमा उनलाई विमानस्थलबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो र उनको प्रहरीको अनुसन्धान ब्युरोले आन्तरिक रुपमा अनुसन्धान पनि गरिरहेको थियो ।

उनले सुनकाण्डको आरोपको क्रममा दिएको बयानका आधारमा प्रहरीको अनुसन्धान ब्युरोले आज दिउँसो प्रहरी प्रधान कार्यालयबाटै उनलाई पक्राउ गरेको हो । उनीमाथि यसअघि पनि सुनका तस्करहरुलाई सघाएको संकामा प्रहरीले आन्तरिक अनुसन्धान र कार्वाही गरेको समेत खुल्न आएको छ ।

३३ किलो सुन उनले नै चोरेको प्रमाणहरु भेटिएपछि प्रहरीले उनीमाथि चोरी महल अन्र्तरगत कडा सजाए गर्ने तयारी गरिरहेको बताइएको छ । हाल उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालय महाराजगञ्जमा लगिएको बताइएको छ । तर यस्ता घटनाहरुले सर्वसाधारण नागरिकमा भने नकारात्मक संन्देस गएको देखिन्छ ।

पुलिसनै चोर भएपछि सुरक्षा कहाँ खोज्ने भन्ने प्रश्न आम मानिसको मनमा उब्जीएको छ । राज्यले यस्ता अपराधिहरुलाई कडा सजाए दिनुपर्ने र प्रहरी जस्तो सुरक्षा दिने निकायमा भएका गलत प्रवृतीहरुको फिल्टर गर्नुपर्ने सर्वसाधारणहरुको भनाइ रहेको छ ।