आज बर्दियामा महोत्सवमा राजेश र पंगेनीको बेजोड प्रस्तुतिः दर्शकलाई हाँस्ने हसाँउने र नचाउने निश्चीत

आधा दर्जन बढि अरु चर्चित राष्ट्रिय तथा स्थानीय कलाकार पनि आउने

बर्दिया,माघ २३ । बर्दियाको भुरिगाउँमा संचालन भैरहेको ‘सुचना,प्रविधि तथा कृषि महोत्सव’को अन्तिम समयमा आज सर्वाधिक लोकप्रिय अनि महानायकको उपाधी पाएका चलचित्र अभिनेता राजेश हमाल र गायक बद्रि पंगेनी आउने भएका छन ।

माटो बोल्छ,सर्घष,मनको टुक्रा,आर्शिवाद,चोर,चट्टान जस्ता सकारात्मक तथा सन्देशमूलक धरै चलचित्रमा मुख्य भुमिकामा रहेर काम गरेका महानायक राजेश हमाल र सामाजिक बिकृती,विसंगतीको विषयमा चोटीलो प्रहार गरि रमाईलो पाराले गित गाउने चर्चित गायक बद्रि पंगेनीले बर्दिया महोत्सवका दर्शकहरुलाई एकैसाथ हाँस्ने,हसाउँने र नचाउने निश्चीत देखिएको छ ।

कलाकारहरु कार्यक्रम स्थलतर्फ प्रस्थान गरेको जानकारी दिदै आयोजकले हरपल नेपालसँग भन्यो–‘आज अन्य दिनको तुलनामा सबैभन्दा धेरै दर्शकहरुको उपस्थिती हुने हामीले अनुमान गरेका छौ । स्थानीयहरुको माग अनुसार हामीले आज महानायक राजेश हमाल,बद्रि पंगेनी लगाएतका चर्चित कलाकारलाई बर्दिया महोत्सवमा उपस्थित गराउँदै छौ । सबै जनालाई आमन्त्रण गर्दछौ ।’

उक्त कार्यक्रममा हिजो रेखा थापा र पशुपति शर्मा आउने पक्का भएको थियो,तर कार्यक्रममा पशुपति शर्मा विशेष कारणले आउन नसक्ने जानकारी आयोजकलाई धेरै ठिला प्राप्त भएको आयोजकले बताएको छ । आयोजकका आनुसार हीजो करिब २५ हजार भन्दा बढि मानिसहरुको कार्यक्रममा सहमागीता रहेको थियो । आज त्यो भन्दा बढि हुने अनुमान उसले गरेको छ ।

‘हिजो एकदिन महोत्सवलाई सहयोगार्थ सबैका लागि अनिर्वाय टिकटको निती’

आयोजक समितिको संयोजक युवराज अधिकारीले हरपल नेपालसँग कुरा गर्दै हिजो एकदिनको लागि आयोजक समितिको निर्णय अनुसार महोत्सवलाई सहयोगार्थ राष्ट्रिय,स्थानीय कलाकारदेखि आयोजक स्वयम्लाई पनि लागुहुने गरी अनिवार्य टिकट लिनुपर्ने नियम बनाएको बताएका छन ।

उनले सिस्टम र प्रकृयाको आयोजकदेखि हिजोको मुख्य कलाकार रेखा थापाले पनि टिकट लिएरै कार्यक्रम स्थलमा आएको भन्दै यसलाई सकारात्मक रुपमा बुझ्न बुझाउन समेत सबैमा आग्रह गरेका छन ।

स्थानीय कलाकारहरु र केही आयोजक तथा सहयोगीहरुबाट टिकटको विषयमा सामाजिक संजाल मार्फत गुनासो आएको सन्दर्भमा आयोजक समिति संयोजकले त्यो विषयमा स्पष्ट पारेका हुन ।

उनले भने – ‘हामीले महोत्सवलाई कसरी राम्रो र सफल बनाउन सकिन्छ भनेर सोचिराखेका छौ । स्थानीय दर्शकहरुको माग अनुसारका चर्चित कलाकारहरुलाई कार्यक्रममा ल्याउने कोशीस गरिरहेका छौ । हाम्रो सोच र योजनालाई नबुझेर केही मित्रहरुले विषयलाई फरक ढंगले व्याख्या गर्न खोजका छन,तर आयोजकको एक मात्र लक्ष्य भनेको स्थानीय कला,संस्कृती र प्रविधालाई विकास गर्ने र स्थानीयवासीलाई मनोरंजन प्रदान गर्ने हो । हामी त्यसैलाई सफल बनाउन लागेका छौ । सबैलाई सहयोग र उपस्थितीका लागि अनुरोध गर्दछौ ।’

महोत्सवको भोली अन्तीम दिन

माघ १४ गतेबाट सुरु भएको उक्त महोत्सव आफ्नो आजसम्मको सफल प्रस्तुति सहित भोलि अन्तीम अवस्थामा पुग्दै छ ।

महोत्सवको अन्तिम अवस्थामा राष्ट्रिय रुपमै ख्याती कमाएका लोकप्रिय कलाकारहरुलाई स्थानीय दर्शकहरुमाझ उपस्थित गराउनलागेको महोत्सव मुल आयोजक समितिले हरपल नेपालसँग बताएको छ ।

अन्तिम अवस्थामा आधा दर्जन भन्दा बढि लोकप्रिय कलाकारहरुको बर्दिया महोत्सवमा जमघट हुने भएपछि स्थानीयवासीहरु अत्यन्त उत्साहीत भएका छन र आयोजकले अन्य दिनको तुलनामा आज सबैभन्दा बढि मानिसहरुको उपस्थिती हुने अनुमान गरेको छ । अत्याधिक लोक प्रिय कलाकारहरुको बेडोड प्रस्तुति रहने भएको छ ।