रुकुम निर्वाचन कार्यालयमा तेह्र राजनीतिक दल दर्ता

रुकुम,माघ २३ । स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि जिल्ला १३ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो विवरण पेस गरेका छन् ।

निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्न दिएको निर्देशनानुसार १३ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कमलमणि देवकोटाले शनिबार सञ्चारकर्मीलाई जानकारी दिए ।

विवरण बुझाएर दर्ता हुने दलमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राप्रपा,राष्ट्रिय जनमोर्चा,सङ्घीय समाजवादी फोरम नेपाल,नेपाल मजदुर किसान पार्टी,नयाँ शक्ति पार्टी,नेपाल दलित पार्टी,नेकपा माले, नेपाल परिवार दल र नेकपा माले समाजवादी छन् । रासस