दश दिनसम्म संचालीत महोत्सवमा पाँच करोडको कारोबार

पर्वत, माघ २३ । सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव करिब रु पाँच करोड बराबरको कारोबार हुँदै सम्पन्न भएको छ ।

माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका महासचिव ठाकुर बी पौडेलले बताएका छन। कलाकारहरु याम क्षेत्री, शान्तिश्री परियारलगायतले महोत्सवमा भरपुर मनोरञ्जन दिलाएका थिए ।

समापन कार्यक्रममा मूल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले महोत्सवबाट भएको आम्दानीबाट सभागृह र खेलकुद मैदान बनाइने बताए ।

महोत्सवमा विश्वकै सबैभन्दा ठूलो पक्षी सुतूरमुर्ग र अस्ट्रेलियाको राष्ट्रिय पक्षी इमो तथा कालीगण्डकीमा जलयात्रा आकर्षणका रुपमा रहेको थियो ।

रत्यौली र विद्यालयस्तरीय नृत्य प्रतियोगिताले पनि धेरैको मन छोएको थियो । कृषि र शैक्षिक, परम्परागत प्रविधि, स्थानीय परिकारको प्रदर्शनीका साथै स्थानीय लघु घरेलु उद्यमबाट उत्पादित सामग्री पनि बिक्री तथा प्रदर्शनमा राखिएका थिए । रासस