देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न सकिँदैन-प्रधानमन्त्री प्रचण्ड

‘कार्वाही गर्न सरकारले कुनै कसुर बाँकी राख्दैन’

काठमाडौं,माघ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताएका छन । शनिबार साँझ टेलिभिजनसँगको एक कार्यक्रमा कुरा गर्दै उनले त्यस्तो कुरा बताएका हुन ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार प्रधानमन्त्रीले मुलुकको राष्ट्रियता,राष्ट्रिय अखण्डता र एकतालाई खलल पुर्याउने काम गर्ने जो सुकैलाई पनि कानुनको दायरामा ल्याएर कार्वाही गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने बताइएका छन ।

सिके राउतले नेपालबाट तराइ टुक्राउने खालको अभिव्यति पटक पटक दिदै आएको र मुलुकको राष्ट्रियतालाई कमजोर पार्ने काममा लागेको भन्ने नेपाल प्रहरीको प्रतिवेदनका आधारमा पक्राउ गरिएको उनले बताएका छन ।

प्रधानमन्त्री प्रचण्डले भनेका छन–‘देस टुक्राउछु भन्ने सिके राउतलाई कुनैपनि हालतमा छोड्न सकिन्न । सरकारले राष्ट्रियता विरोधी तत्वलाई छाड्न सक्दैन । सिके राउतलाई कानुन अनुसारको कार्वाही हुन्छ ।’

नेपाल र मुलुकको राष्ट्रियतामाथि चोट पुग्ने खालको र अपमानजनक शब्दहरु प्रयोग गर्दै मधेसलाई छुट्टै प्रदेश बनाउने अभियानमा संचालन गरीरहेका सिके राउतलाई प्रहरीले गत विहीवार जनकपुरबाट पक्राउ गरेको छ ।

प्रहरी उनको गतिविधीलाई लामो समयदेखि अनुसन्धान गरेको र उनको विषयमा भेटीएका तथ्यहरुको २६ पृष्ठ लामो प्रतिवेदन पेश गर्दै उनलाई पक्राउ गरेको बताएको छ । प्रहरीको उक्त प्रतिवेदनमा सिके राउतलाई सहयोग गर्ने र उनको अभियानमा लागेका ५३ जनाको लिस्टपनि तयार गरेर उनीहरुको विषयमा समेत अनुसन्धान गरिएको जनाएको छ ।

सिके राउतको पक्राउ पछि उनको समर्थनमा केही दलका नेताहरुले प्रतिकृया दिएका छन । मानवअधिकारवादी संघ संस्थाहरुदेखि तराई केन्द्रीत राजनीतमा सक्रिय केही मानीसहरुले समेत उनलाई छोड्नुपर्ने भन्ने खालको अभिव्यक्ति दिदै आएको बेला आज प्रधानमन्त्रीबाट आएको उक्त निर्देशन आएको हो ।

सिके राउतको पक्राउ बारे प्रहरीको अनुसन्धान र थप कार्वाहीको विषयमा हरपल नेपालले यसअघि एक संचारमाध्यमले सार्वजनिक गरेको भिडियो सामग्री सहितको समाचार पनि लेखेको छ । हाम्रो सिके राउतका ५३ जना सहयोगी प्रहरीको निगरानीमा  शिर्षकमा उक्त समाचार रहेको छ ।