सिके राउतका ५३ जना सहयोगी प्रहरीको निगरानीमा

काठमाडौं,माघ २२ । विहिवार पक्राउ परेका सिके राउत पछि उनका ५३ जना सहयोगीहरुलाई पनि पक्राउ गर्ने प्रहरीले आन्तरिक तयारी गरेको छ ।

सिके राउतको गतिविधीबारे प्रहरीले तयार पारेको प्रतिवेदनमा उनका सहयोगीहरुको विवरण समेत उल्लेख गरिएको छ ।
लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्राको नाममा खुलेआम देस विखण्डनको अभियान चलाउदै आएका सिके राउतलाई प्रहरीले माघ २० गते विहीबार दिउसो जनकपुरबाट पक्राउ गरे पछि उनका सहयोगीहरुको विवरण समेत तयार परेको छ ।

राउतलाई पक्राउ गर्नुपुर्व प्रहरीले आफ्नो लामो अनुसन्धानको आधारमा उनको विवरणबारे २६ पृष्ठ लामो प्रतिवेदन तयार पारेको थियो । उनलाई सिराहा र सप्तरी लागएत तराईका अन्य जिल्लाहरुमा देस बिखण्डनको गतिविधी चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सिके राउतका ५३ जना सहयोगीहरुको समेत सूचि समेत तयार गरेको छ । सिके राउतले नेपालबाट तराई अलग्याृउने अभियानमा सघाएको भन्दै प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।

सिके राउतले आफ्ना सहयोगीहरु मार्फत तराई टुक्राउने अभियान अन्र्तगत सैन्य दस्ता समेत गराउने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको उक्त प्रतिवेदनमा बताइएको छ ।

LOADING...