एमाले अध्यक्ष ओलीद्धारा पत्रकार र समाजसेवी सम्मानीत

विराटनगर, माघ २२ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष  केपि ओलीले संचार जगतमा रहेर समाजलाई सूचना प्रदान गर्ने महत्वपूर्ण जिम्मेवारी पुरा गरेको भन्दै मोरङका पत्रकार र समाजसेवीहरुलाई सम्मान गरेका छन ।

प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसको उपलक्ष्यमा मोरङमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमा ओलीले विविन्न संचार माध्यममा रहेर पत्रकारीता पेशा गर्दै आएका पत्रकारहरुलाई सम्मान गरेका हुन ।

उनले कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट दृष्टान्त साप्ताहिकका सम्पादक शान्ता दाहाललाई सम्मान गरेका छन । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ ।

उक्त कार्यक्रममा स्मृति पत्रकारिता पुरस्कारका संरक्षक सीता सिग्देल, कमला मैनाली र प्रेस चौतारी मोरङका संस्थापक सदस्यद्वय यज्ञ शर्मा र दिपेन न्योपानेलाई पनि उनले सम्मान गरेका छन ।

प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराई, केन्द्रीय सदस्य विक्रम लुइँटेल, पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टलगायतले प्रेस चौतारी र पत्रकारिताका विविध पक्षमाथि प्रकाश आफ्नो धारणा राखेका थिए ।