राष्ट्र निमार्णमा जिम्मेवार पत्रकारीताको महत्वपूर्ण भुमिका छः अध्यक्ष ओली

पत्रकारीता मर्यादित र निष्पक्ष हुनुपर्नेमा जोड

विराटनगर, माघ २२ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको सामाजिक विकासमा संचार क्षेत्रको महत्वपूर्ण भुमिका रहेको र यसको विकासमा राज्यले ध्यान दिनुपर्ने बताएका छन ।

प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहमा बोल्दै उनले राज्यको चौथो अंगका रुपमा रहेको संचार क्षेत्रले आम संचारको जिम्मेवारीलाई व्यवस्थीत एवं प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन ।

अध्यक्ष ओलीले प्रजातन्त्र स्थापना भएपछि सञ्चार क्षेत्रले ठूलो फड्को मारेको उल्लेख गर्दै पत्रकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष, प्रभावकारी र मर्यादित हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाली पत्रकारीको विषयमा बोल्दै उनले भने–‘नेपालमा दुई किसिमको पत्रकारिता देखिएको छ । एकखाल े खाले पत्रकारीता सूचना, शिक्षा, मनोरञ्जनसँग जोडिएर जनताको सेवा गर्ने, सचेत गराउने, भ्रमबाट जोगाउने र निष्ठावान छ भने अर्को भूmठो खबर, भ्रम फैलाउने, राम्रोलाई नराम्रो भन्ने र अन्यौल सिर्जना गर्ने, मनोरञ्जनको ठाउँमा पीडा दिने किसिमको छ ।’

पत्रकारले देश जनताप्रति निष्ठावान भएर पत्रकारिता गर्नुपर्ने भन्दै उनले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र समृद्धिलाई ध्यानमा राखेर पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह समेत गरे ।