‘स्ववियु निर्वाचनबारे तीनदिन भित्र त्रुटिहरु सच्याउन भनेका छौ,त्यसपछि अर्को निर्णय गछौ’- संयोजक महतो

क्रान्तिकारीका अध्यक्ष भन्छन–‘स्ववियुलाई मागिखाने थलो बनाउन दिन्नौ,त्रिविले त्रुटि सच्याउनु पर्छ ।’

काठमाडाै,माघ २२ ।  नयाँ शक्ति विद्यार्थी युनियनका राष्ट्रिय संयोजक रमेर महतोले स्ववियु निर्वाचनको सन्दर्भमा त्रिविले सार्वजनिक गरेको कार्यतालिका र निर्वाचन प्रणालीमा त्रुटि भएको र यसले सबै विद्यार्थीहरुलाई समावेश गराउन नसक्ने भन्दै त्रिविलाई तीनदिन भित्र सबै त्रुटिहरु सच्याउन आग्रह गरेका छन ।

स्ववियु निर्वाचनको विषयमा तीन बुँदे माग सहित त्रिविलाई त्रुटि सच्याउन आग्रह गरिएको भन्दै संयोजक महतोले हरपल नेपालसँगको कुराकानीमा त्यसतो बताएका हुन ।

संयोजक महतोले स्ववियु निर्वाचनको सन्दर्भमा तीन दलिय सिण्डिकेट लागु भएको र त्रिविले सबै विद्यार्थी संगठनको साझा धारणा नबुझि निर्वाचन सम्बन्धी कार्यतालिक,विधि,विधान तय गरेको आरोप लगाउदै चुनावको सौहार्दपुूणर््ा वातावरण निर्माणका लागि देखिएका त्रुटिहरु सच्याउन माग गरे ।

उनले भने–‘निर्वाचनको सन्दर्भमा २८ बर्षे हद म्याद लगाएत केही कुराहरु सकारात्मक रुपमा आएका छन । खासगरी हामी दश विद्याथी संगठनहरुले तीन दलिय सिण्डिकेटको विरोध गरेका छौ । हामीले स्पष्ट रुपमा गल्तीहरु औल्याउदै,त्यो सच्याएर सबैलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइदिन त्रिविलाई आग्रह गरेका छौ । बढिमा तीनदिन भित्र त्रुटि सच्याएको जानकारीको माग मागेका छौ,अहिले नै निर्वाचनमा जाने वा नजाने भन्ने कुनै निर्णय भएको छैन,फेरी दश विद्यार्थी संगठनको बैठक बसेर आवश्यक निर्णय गछौ ।’

उनले भने–‘त्रिविका उपकुलपति तिर्थ खनियाँले हाम्रो मागपत्र बुझ्दै केही त्रुटिहरु भएको होलान,म निर्वाचन समितिसँग आजै छलफल गर्छु र त्रिविको ऐन भित्र रहेर सबै संगठनलाई समावेश गराउने गरी निर्वाचन गर्ने कुरामा विश्वास दिलाउछु भने । उहाँले हामीसँगको भेटमा सकारात्मक कुरा गर्नुभएको छ । हामी त्रुटिहरु सच्याए निर्वाचन होस भन्ने पक्षमा रहेका छौ ।’

‘स्ववियुलाई मागिखाने थलो बनाउन दिन्नौ,त्रिविले त्रुटि सच्याउनु पर्छ ।’- पुर्ण सिंह

विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीका अध्यक्ष पुर्ण सिंहले अहिले पनि स्ववियुलाई केही संगठनहरुले मागि खाने भाँडो र भ्रष्टाचारको अखडा बनाउने सोचका साथ तीन दलीय सिण्डिकेट लागु गरिरहेको आरोप लगाएका छन ।

हरपल नेपालसँग कुरागर्दै अध्यक्ष सिहले समानुपातिक निर्वाचन प्रणाली,भ्रष्टाचार मुक्त स्ववियु निर्वाचन र तीन दलिय सिण्डिकेटको अन्त्य गरेपछि मात्र निर्वाचनको लागि सौहार्दपूर्ण वातावरण निर्मिाण हुने बताए ।

त्रिभुवन विश्वविद्यालयले आउदो फागुन १४ गते स्ववियुको निर्वाचन गर्नेबारे सार्वजनिक गरेको कार्यतालीका,निर्वाचन प्रणाली लगाएत केही विषयहरुमा त्रुटि भएको भन्दै शुक्रबार नयाँ शक्ति विद्यार्थि युनिय,अखिल क्रान्तिकारी लगाएत मधेसी मोर्चा संम्बद्ध दल निकटका विद्यार्थी सगठनहरुले संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

उनीहरुले समानुपातिक निर्वाचन प्रणाली,निर्वाचनमा तीन दलिय सिण्डिकेटको अन्त्य,खर्च गरेर निर्वाचन जित्ने प्रकृयाको अन्त्य गलाएतका माग राखेका छन ।

त्रिविले भने यसअघि नै फागुन १४ गतेको लागि निर्वाचनको मिति सार्वजनिक गरिसकेको छ । अन्य विद्यार्थी संगठनहरु निर्वाचनको प्रचार प्रशारमा होमिसेका छन ।

हरपल नेपालले यसअघि-  स्ववियुमा तीन दलिय सिन्डिकेट लागु भएको भन्दै दश विद्यार्थी संगठन विरोधमा  -शिर्षकमा निर्वाचन सम्बन्धी समाचार लेखेको थीयो ।