आज बर्दियामा रेखा थापाले तताउने,पशुपतिले नचाउने

राष्ट्रिय र स्थानीय कलाकारको बेजोड पस्तुति

बर्दिया,माघ २२ । बर्दियाको भुरिगाउँमा संचालन भैरहेको ‘सुचना,प्रविधि तथा कृषि महोत्सव’मा आज अत्याधिक लोक प्रिय कलाकारहरुको बेडोड प्रस्तुति रहने भएको छ ।

बर्दियाको भुरिगाउँमा जारी महोत्सवमा आज चलचित्र निर्माता निर्देशक समेत रहेकी चर्चित नयिका रेखा थापा र धेरै गितहरु गाएर नेपाली श्रोता,दर्शकहरु माझ लोकप्रियको शिखरमा पुगेका कलाकार पशुपति शर्मा लगायत ख्याति प्राप्त राष्ट्रिय तथ स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

नेपाली चलचित्र जगतमै आफ्नो फरकपन र कला,प्रस्तुुतिद्धारा सफलता उन्मुख रहेकाी रेखा थापा दर्शकहरुले सर्वाधिक मन पराइएकी नायिका हुन । उनको अभिनय र चुलबुले स्वभावका कारण सबैको ध्यान केन्दीत गराउन उनि माहिर मानिन्छीन ।

रेखा थापाको आजको प्रस्तुतिमा के के होला त्यो त भन्न सकिन्न तर उनले महोत्सवबाट आफ्ना फ्यानहरुलाई भने तताउने निस्चित छ । उता पशुपति शर्मा पनि के कम,गित र संगितको लयमा दर्शकहरुलाई नचाउन बाध्य पार्ने छन । दर्जनौ फिल्ममा काम गरिसकेकी रेखालाई स्थानीयवासीले आज हेर्ने र उनको चुलचुले बानीमा लठ्ठीदै मञ्च तताउने निस्चित छ ।

साथमा अन्य कलाकारहरुले पनि मनोरंजन प्रदान गर्ने महोत्सव आयोजक समिति संयोजक युवराज अधिकारीले हरपल नेपालसँग बताएका छन । उक्त महोत्सव माघ २४ गतेसम्म संचालन गरिने र त्यो अवधिभर नयाँ नयाँ कलाकारहरु ल्याउने तयारी भएको समेत आयोजकले बताएको छ ।