पूर्वजनमुक्ति सेनाको चेतावनीपूर्ण पत्र- ‘गृहमन्त्री ज्यू आखाँ चिम्लेर राजनीति नगर्नुस,जनताको शक्ति बन्दुको गोलिभन्दा शक्तिशाली हुन्छ’

हामीले त्यस्तो प्रवृतीलाई राम्ररी ठेगान लगाउन जानेका छौ

 

 

श्री माननीय गृहमन्त्री विमलेन्द्र निधी ज्यू                                                                                       मितिः २०७३-१०-२१
गृहमन्त्रालय,सिंहदरबार, काठमाडौं ।

विषयः खुलापत्र माफर्त केहि सन्देश पठाउने अनुमति चाहेको बारेमा ।

गृहमन्त्री ज्यू, म पूर्व जनमुक्ति सेनाको एक सदस्य हुँ । म देश र जनताको लागि निरन्तर लडिराख्ने सिपाही अनि देशलाई माया गर्ने सामान्य नागरिक हुँ, साथै राजनीतिक कार्यकर्ता पनि हुँ । म नेकपा माओवादी बिप्लवको सक्रिय कार्यकर्ता भएको पनि जानकारी गराउन चाहन्छु ।

तत्कालिन माओवादीले संचालन गरेको दश बर्षे जनयुद्ध, जुन २०५२ साल फागुनदेखि सुरु भएको थियो,त्यसमा होमिएको एक जिउदो सहिद भनेर चिन्दा पनि हुन्छ,अन्यथा पर्दैन । मैले न्याय र मुक्तिको युद्धमा धेरै पटक लडाइ लडेको छु । मसँंग लडाइको लागि कुनै कुराको कमि नभएको महसुस हुन्छ,जस्तो कि राजनीतिक,बैचारिक र फौजी सबै । म सबै हिसाबले पूर्ण छु त भन्दीन तर आवश्यक परे जहाँबाट पनि क्रान्तिको लाइनमा उभिने तागत मसँग छ, म यस्तो प्रकारको विप्लवको कार्यकर्ता हो,मेरो परिचय यसरी नै बुझ्दा ठिक हुन्छ ।

गृहमन्त्री ज्यू, हिजो जनकपुरमा सिके रावत गिरफ्तार पर्दा तपाईंलाई विप्लवको टेन्सन किन भयो ? हामी सुन्दै छौं, तपाईंको सरकारले नेकपा माओवादीका महासचिव क.विप्लवलाई गिरफ्तार गर्ने योजना बुन्दै छ रे । हामी माओवादीहरु अपराधी होइनौं,हामी सिके रावत जस्तो पनि होइनौं,हामी त देश र जनताको न्याय र मुक्तिको लागि राजनीति गर्ने जनताको असल पार्टीका कार्यकर्ता हौ र विप्लव त्यो पार्टीको महासचिव हुनुहुन्छ, आखिर किन तपाईंले विप्लवकोत्यति सारो चिन्ता गर्नु भयो,हामीले यसको उत्तर मागेका छौ ? कृपया सकारात्मक सोचका साथ उत्तर दिनुहोला ।

दिप किरण क्षेत्री

गृहमन्त्री ज्यू,नेपाल तपाईहरु दुईचार जना नेता रमाउने र लुटको स्वर्ग मच्चउने ठाउँ होइन । जनताहरु कांग्रेस,एमाले र कुनैपनि दलका दास होइनन ।टयो कुरो नभुल्नु होला, बन्दुक र बुटको बलमा राजनीति गर्ने सपना नदेख्नुस,आँखा खोलेर राजनीति गर्नुस । तपाईलाई हाम्रो सुझाब रहेको छ । आजको मिति,२०१७ साल होइन,न्याय र मुक्तिको लागि लड्ने सिपाहीहरुलाई जेल हालेर,देश लुट्ने र जनतालाई दास बनाउने सपनाहरू कहिल्यै पुरा हुदैनन । एक पटक आँखा खोलेर रत्नपार्कबाट निस्कीदै गरेको राता मान्छेको अदम्मे साहश लाई हेर्नुस,अनि आफ्नै मनलाई सोध्नुस, कतै गल्ती त गर्नुभएको छैन ? अन्जानमा वा भावनामा वहकिएर ? त्यसो लागेमा सुध्रिनुस्,गल्ती सुधार्नु मानिसको माहनता हो ।

हामी यहि फागुन १ देखि महाधिवेशन गर्दै छौ ,त्यो पनि एक प्रकारको उर्जाका साथ । तर हामीलाई युद्धको तयारी गर्न लागेको भनेर नबुझ्नुस । त्यो बाहानामा यदि हाम्रो महाधिवेशनलाई बिथोल्ने सपना देख्नु भएको भए राम्रो हुने छैन । भविष्यमा निद्रै नलाग्ने रोगको उब्जीन सक्छ । निदाएर गरेको काम कहिल्यै पूर्ण हुदैन,निद्रा खोल्नुस र जनताको शक्ति र तागत अनुमान गर्नुस । इतिहासका धेरै जनक्रान्ति र आन्दोलनहरु त देख्नु भएको होला,नभए पढ्नु भएको होला नि । आखाँ चिम्लेर होइन,खोलेर जनताको तागतको सम्मान गर्नुस । याद रहोस,जनताको शक्ति तपाईका बन्दुकहरुबाट निस्कने गोलि भन्दा धेरै शक्तिशाली हुन्छ ।

मन्त्री ज्यू, म तपाईंलाई अनुरोध गर्छु, कृपया विप्लव माओवादीसंँग जुझ्ने कोसिस नगर्नुस । त्यो नै ठिक होला । हेर्नुस,बन्दुकको बलमा र शक्तिको आडमा विप्लव माओवादीलाई तह लगाउने दुस्साहस गर्नुभयो भने त्यो तपाईको सपना अपुरै हुन सक्छ,किनकी माओवादी देश र जनतको विरुद्ध आउनेहरुलाई तरुल रोप्ने पार्टी हो र जनताको लागि बन्द गरेको न्यायको ढोका खोल्ने पार्टी हो । तर विप्लवलाई जेल हाल्ने जुन सड्यन्त्र हुदैछ,त्यसले तपाईहरु यो मुलुकमा फेरी रक्तपातपूर्ण क्रान्तिको माग गर्दैहुनुहुन्छ जस्तो मलाई लागेको छ । हेर्नुस,त्यसो नगर्नु होला ,देश र जनताले अहिले नै क्रान्ति रोजेका छैनन । हामी जनताको समर्थन बिना एक्लै कहिल्यै हिड्दैनौ । यसमा विश्वास गर्नुस ।

गृहमन्त्री ज्यू , जहाँ लाखौं जनताको साथ छ र अन्तिम एकीकृत जनक्रन्तीको माध्यमबाट हामी जनताको अधिकार जनतामा फिर्ता गराउने अभियानमा गोलबद्ध भै राखेका छौ । तर हाम्रो जनक्रन्तिको बाटोमा तगाँरो बन्ने कसैले सोचेको छ भने याद रहोस्, त्यस्ता धेरै तगाराहरु पन्छाएर अनुभवि साथिहरुको हामीसँग कमि छैन । ““ ।

मन्त्री ज्यू, धेरै लेख्ने समय पनि छैन, सायद तपाईलाई पनि यो पत्र पढ्ने र हेर्ने समय नहोला । परदेसी मानिस,काम गर्नु पर्छ । तपाइहरुको जस्तो हामी गरीबलाई बाच्न त्यति सजिलो पनि छैन । तपाइको हिजोको मन्त्रीपरिषदमा गरेको प्रस्तावबाट केही प्रश्न गर्न आवश्यक ठाने र तपाईको दुस्प्रयास देखेर दया पनि लाग्यो अनि जानी नजानी पत्र लेखेको छु । कमी कमजोरीहरुलाई सच्चाएर बुझिदिनुहोला । मेरो व्यक्तिगत अनुरोध हो ।

अनि पार्टीका आदरणिय महासचिव र पार्टी कमिटिलाई मेरो रातो सलाम । यो सरकार विप्लव माओवादीको बिरुद्ध आउने दुस्साहस गर्छभने तपाई पनि एक कदम अघिबढेर निर्णय गर्नुस । सत्ताधारीहरुले युद्धनै राजेका हुन भने उनीहरुलाई पुरै जवाफ दिनेगरी योजना बनाउनुस । हामी हिजो पनि यो समाजका गलत प्रवृतिको विरुद्ध लडेका हौ र आवश्यक परेमा फेरीपनि लड्न तयार छौ ।

पुर्ब जनमुक्ति सेना नेपालको सदस्य
दिप किरण क्षेत्री
हाल मलेसियाका कार्यरत