प्रचण्ड सरकारलाई विप्लवको कडा चेतावनीः जनघाती कार्य नरोके प्रतिकार गर्ने

भन्छन–‘भ्रामक कार्य विरुद्ध देशव्यापी भण्डाफोर गर्छौ ।’

काठमाडौं,माघ २१ । नेकपा (माओवादी)का महासचिव नेत्रबिक्रम चन्द विप्लवले प्रचण्ड नेतृत्वको सरकारले आफ्नो पार्टी विरुद्ध भ्रामक र दमन गर्ने खालको प्रस्ताव ल्याउन लागेको बारे बाहीर प्रचार आएको भन्दै त्यसको कडा शब्दमा सरकारलाई चेतावनी दिएका छन ।

शुक्रबार पार्टीको नामबाट एक विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले सरकारले आफ्नो पार्टी विरुद्ध दमनकारी र भ्रमक कार्य गर्न नरोकेमा त्यसबाट उत्पन्न परिस्थीको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै त्यस्तो चेतावनी दिएका हुन ।

उनले भनेका छन–‘हाम्रो पार्टीपंक्ति महाधिवेशनको तयारीमा लागेको बेला विहीवार मन्त्रीपरिषद्को बैठकमा गृहमन्त्रीले विप्लव माओवादीका कारण राज्यलाई चुनौति भएको भन्दै पार्टीका गतिबीधिलाई नियन्नत्रण गर्ने खालको प्रस्ताव गर्नु र त्यो विषयमा प्रचार गरिनुले राज्यको दमनकारी निती देखियो । हामी सरकारको त्यो नीतीको विरोध गर्दछौ ।’

विप्लवद्धारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा भनीएको छ–‘हाम्रो पार्टी जनताको पक्षमा उभिदा,गलत कार्य विरुद्ध संघर्ष गर्दा प्रोत्साहन गर्नुको साटो उल्टो दमन गर्ने र मुलुकलाई अशान्ति र द्धन्द्धतिर धकेल्ने कार्य गरिएको छ । राज्यको दमनकारी नितीबाट हाम्रो पार्टी विचलित हुने छैन बरु शसक्त प्रतिरोधको मार्गमा अगाडि बढ्छ ।’

उक्त विज्ञप्ती मार्फत विप्लवले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले उठाउदै आएको विषयहरुमा गम्भीर हुन र जनघाती कार्य रोक्न आग्रह गरेका छन । उनले पार्टी विरुद्ध दमनमा उत्रिएमा त्यसको भण्डफोर र शसक्त प्रतिरोध गर्ने चेतावनी दिदै त्यसबाट हुन आउने क्षतिको सरकारलाई जिम्मा लिन भनेका छन ।

नेकपा माओवादीले आउदो फागुन १ देखि १० गते सम्म पार्टीको ८ औं महाधिवेशन गर्ने जनाउदै आएको छ ।  राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता,जनताको अधिकार,सुविधाको पक्षमा अग्रभागमा बसेर काम गर्दै भष्टाचा,तस्कर,महङ्गी,कालो बजारी र अराजकताको विरुद्धमा सघर्ष जारी राख्ने बताएको छ ।