कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी

कञ्चनपुर । क्षमताअनुसारका कैदीबन्दीका लागि पुग्ने गरी शौचालय र खानेपानीका धाराको व्यवस्था रहेकाले बढी कैदीबन्दी थपिँदा शौचालय जान र पानी थाप्नसमेत लाइनमा बस्नुपर्ने अवस्था रहेको उनले बताए ।

कारागार भवन धेरै पुरानो भएको र मर्मतसम्भार नहँुदा भत्किएर दुर्घटना निम्तिने खतरासमेत रहेको छ । विसं २०२३ मा निर्माण भएको यस कारागारको पर्खालमा लगाइएका इँट्टासमेत खिइएर झर्न थालेका छन् ।

सहरी विकास विभाग डिभिजन कार्यालयमा कारागारको नयाँ भवन निर्माण र खानेपानीका लागि बोरिङ जडान गर्न माग गरिएको जेलर भट्टले बताएका छन । शौचालय निर्माणका लागि जिल्ला विकास समितिसँग माग गरिएको उहाँको भनाइ छ । रासस