गोरखापत्र दैनिकको प्रधान सम्पादकमा आचार्य

काठमाडौँ, माघ २१ । गोरखापत्र दैनिकको प्रधान सम्पादकमा निर्मलकुमार आचार्य नियुक्त भएका छन । उनलाई संस्थान व्यवस्थापनले अर्को व्यवस्था नभएसम्मका लागि आजबाट निमित्त प्रधान सम्पादक भई कामकाज गर्न जानकारी गराएको छ ।

गोरखापत्र संस्थान सेवा, दसौँ तह, कार्यकारी सम्पादक पदमा नियुक्त भएका आचार्यले पुस २१ गतेदेखि गोरखापत्र दैनिककै प्रबन्ध सम्पादकको जिम्मेवारी पाउएका थिए। उनी ३२ वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन भने गोरखापत्रमा २७ वर्षदेखि निरन्तर सेवामा रहेका छन । उनले २०४६ सालमा नेपाली पत्रकारिता सेवामा उपसम्पादक पदमा संस्थानको सेवामा प्रवेश गरेका थिए ।

उनका प्रथम नेपाली महिला, १०१ प्रथम नेपाली महिला, अग्रणी महिला, गर्गगोत्री आचार्य वंशावली (सम्पादन तथा सहलेखन), सांस्कृतिक सेरोफेरो, मनको ओखती, मेदनीस्मृतिलगायतका कृति प्रकाशित छन् ।

उहाँले गोरखापत्र पत्रकारिता पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, मातृभूमि पुरस्कार, कुलदीपक पदकलगायतका पुरस्कार र सम्मान प्राप्त गरेका छन

यसअघि प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्दै आएका पुष्कर माथेमालाई संस्थान व्यवस्थापनले गोरखापत्रकै सहप्रकाशन मासिक बालपत्रिका मुनाको सम्पादकको जिम्मेवारी प्रदान गरेपछि उनलाई उक्त जिम्मेवारीमा ल्याइएको हो।