सुपर स्टार भूवन केसी आफ्नो प्रस्तुती सहित बर्दिया महोत्सवमा

‘दुई श्रीमतीका पोइ,तीन सन्तानका पिता–मन अझै तन्नेरी’

बर्दिया,माघ २१ । बर्दियाको भुरिगाउँमा संचालन भैरहेको ‘सुचना,प्रविधि तथा कृषि महोत्सव’को आज आठौं दिन,मध्यपश्चिमका आफ्ना दर्शकहरुलाई मनोरंजन दिलाउन नेपाली फिल्म इन्डष्ट्रिजका सर्वाधीक लोकप्रिय नायक,सुपर स्टार भूवन केसी आउदैछन ।

शुक्रबारको महोत्सवमा बर्दियाली दर्शकहरुलाई मनोरंजन दिनका लागि भूवन माात्र होइन, कलाकार पुर्णकला बिसी र साथमा अन्य कलाकारहरु पनि आउने आयोजकले हरपल नेपालसँग बताएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति देखाउने छन । कार्यक्रममा कला र क्षमता भएका स्थानीय कलाकारहरुलाई पनि आफ्नो प्रतिभा देखाउनका लागि मौका दिइने समेत आयोजकले जनाएको छ ।

को हुन भूवन केसी ? योगदान के ?

करिब ३० बर्षको अवधीमा एक सय भन्दा बढि चलचित्र खेलिसकेका भूवन केसी,नेपाली फिल्म इन्डट्रिजमा कहिले अभिनय त कहिले निर्माता,निर्देशकको रुपमा निरन्तर दर्शकहरु माझ लोकप्रियता हासिल गदै अगाडि बढेका सुपर स्टार हुन ।

उनले फिल्म क्षेत्रको सुरुवातमा खेलेका फिल्महरु ‘कुसुमे रुमाल,साइनो,चिनो’ जस्को सफलताले उनलाई आजसम्म पुग्दा सुपर स्टारको उपाधी दिएको हो । यो कुनै रहर वा इच्छाले पाइने उपाधी भने होइन,निरन्तरको मिहनेत र लगाबको उपज हो ।

पछिल्लो समयमा आउदा उनले काजग फिल्म,केसी प्रोडक्सन नाममा आफ्नै व्यानरमा निर्माण गरेका चलचित्रहरु ‘नेपालीबावु,करोडपती,डिम्स’आदी अत्याधीक लोकप्रियताको सूचिमा पर्दछन । उनले अभिनय गरेका फिल्महरु ‘म तिमी विना मरी हाल्छु,सुपर स्टार’ देखी निर्माता,निर्देशन गरेका प्राय सबै चलचित्रहरु दर्शकद्धारा रुचाइएका छन ।

त्यसो त उनको परिवारीक वातावरण नै कलाकारीताले भरिएको जस्तो देखिन्छ । तर उनको जीवनमा भने धेरै उतार चढाबहरु आएका छन,बास्तवमा फिल्ममा जस्तै उनको जीवनमा पनि धेरै खाले भुमिका उनले निर्वाह गरिरहेको देखिन्छ ।

दुई श्रीमतीका एक्ला श्रीमान,एक छोरी र दुई छोराका एक्ला बुवा,लाखौँ फ्यानहरुका प्रिय कलाकार अनि उमेरले प्रौढ भएनी माया गर्नेहरुका लागि हमेसा तन्नेरी र लक्का जवान । उनको जीवन यस्तै यस्तै रोचकतापूर्ण छ ।

दोश्रो श्रीमती र छोरा अनमोल केसी पनि नायक

भुवन केसी,सुस्मीता र छोरो अनमोल

उनको पहिलो बिवाह विजया केसीसँग भएको थियो । बिजयाबाट उनलाई छोरा विवेक र छोरी काजलको प्राीती भयो । त्यसपछि उनले मनले रोजेर पुर्न दोश्रो बिवाह गरे,फिल्म क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल नायिका,कथा लेखक अनि निर्माता समेत रहेकी सुस्मीता केसीसँग ।

सुस्मीता र उनको बिवाह भएको केही बर्षसम्म उनीहरुको सम्बन्ध समधुर नै रहेको पाइन्छ,उनीहरुले एक छोरा पनि जन्माए, जो अहिले नेपाली चलचित्र जगतको आशा लाग्दो कलाकारको रुपमा परिचित पनि छन– अनमोल केसी ।

उनको दोश्रो बिवाह भएको करिब १५ बर्षपछि भूवन र सुस्मीताको सम्बन्ध कानुनी रुपमै अलग अलग हुन पुग्यो ।

उमेरले प्रौढ भएपनि मनभने टेनेज–अझै बनाउछन गर्ल फ्रेन्ड

भुवन केसीको परिवारको साथमा जिया केसी

अहिले भूवन कुनै वैधानीक सम्बन्धमा त छैनन तर उनको नाम भने बेला बेला विभिन्न युवतीहरुसँग जोडिने गरेको छ ।
पछिल्लो समयमा भूवनले एक चलचित्रको पर्दामा आइरहने नायिकासँग कहिले बिहे त कहिले लभ भन्ने खालका हल्लाहरु आउने गरेका छन । तर वास्तविक जीवनमा उनले तेश्रो बिवाह गरेको भने देखिएको छैन ।

उनको नाम केहि समयअघि जिया केसीसँग जोडिको थियो । श्रोतका अनुसार जिया र उनको भेट सन २०१२ तिर भएको थियो । उनीहरु चलचित्र एटिएम निर्माणको क्रममा नजिकीएका थिए । उक्त फिल्ममा जियाले अभिनय गरेकी छन ।

सुस्मीता सदावहार नायिका अनि निर्माता

भूवन केसीकी पुर्व पत्नी सुस्मीता केसी अहिले पनि चलचित्र लेखन,निर्माणकै काममा संलग्न रहेकी छन । उनका तँ त सारै बिग्रीस बद्धी,बावु साहेव,करोडपती,नेपाली बावु,सुपर स्टार,म त तिम्रै हुँ आदी चलचित्रहरु पनि चर्चामा रहेका छन ।