बहुप्रतिक्षित चलचित्र ‘सायद २’ले तेश्रो पटक रिलिज डेट पायो– असार ३० गतेबाट प्रर्दशनमा आउने

मार्च १९मा ‘सायद २’ जापानमा प्रदर्शन गर्ने तयारीमा

काठमाडौं। नेपाली दर्शकहरुले अत्याधिक मन पराएको चलचित्र ‘सायद’ पछि निर्माण गरिएको चलचित्र ‘सायद २’ ले लामो समयको प्रतिक्षापछि रिलिजको मिति पाएको छ । चलचित्र ‘सायद’को राम्रो व्यापारिक सफलता र दर्शको माग बुझेर निर्माण गरिएको ‘सायद २’ करिब पाँच महिनापछि दर्शकहरु माझ प्रर्दसन गरिने भएको छ ।

पटक पटक प्रर्दशनको मिति पाएरपनि विविध कारणले रोकिएको चलचित्र ‘सायद २’ अब भने आउदो असार ३० गतेको दिन सार्वजनिक हुने पक्का भएको छ । यस चलचित्रले पाएको यो तेश्रो पटकको रिलिज मिति हो ।

यसअघि ‘सायद २’ले चैत ४ गते प्रदर्शन गर्ने मिति पाएको थियो,त्यतिबेला एसएलसी परीक्षाका कारण चलचित्र प्रदर्शनमा आउन सकेन र दोश्रो पटकको लागि जेठ १२ गतेको समय पाएको थियो । दोश्रो पटकको मिति पनिमा पनि क्याम्पस स्तरको परीक्षा चलिरहेको कारण दर्शकहरुमाझ ठिलो गरि प्रर्दशनमा आउन लागेको उक्त चलचित्र असारको अन्तिममा भने नरोकिने बताइएको छ ।

चलचित्र शायद २ बहुप्रतिक्षित चलचित्रहरु मध्येको एक हो । चलचित्रले युवा पुस्तालाई हलसम्म तान्न सक्ने कुरामा निर्माण पक्ष विश्वस्त देखिएको छ ।

चलचित्र निमार्ण पक्षले भनेको छ–‘चलचित्र निर्माया भएको लामो समय प्रर्दशनको उपयुक्त मिति नपाएर दर्शकहरुमाझ ल्याउन सकेनौ,यस पटक पाएको रिलिज डेटमा भने कुनैपनि हालतमा चलचित्र दर्शकहरुमाझ पुग्छ । यो चलचित्र प्रर्दशनको फाइनल डेट हो ।’

चलचित्रका निर्माता सुनिल रावलका अनुसार फिल्ममा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईं लगायत कलाकारले अभिनय गरेका छन् ।

दिर्घ खड्काको सम्पादन र पुष्पराज न्यौपानेको निर्देशनमा तयार भएको उक्त चलचित्रमा सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत अनि राजु विक्रम थापाको छायांकन रहेको छ ।

मार्च १९मा ‘सायद २’ जापानमा प्रदर्शन गर्ने तयारीमा

युवा पुस्तालाई केन्द्र बिन्दुमा राखेर तयार गरिएको उक्त चलचित्रको विदेसमा पनि प्रर्दशनको लागि माग आएको निर्माता पक्षले बताएको छ । नेपालका साथै विदेसका रहेका नेपालीहरुले समेत रुचाइएको उक्त चलचित्रको मार्च १९ तारिखमा जापानमा समेत प्रर्दशन हुने पक्का भएको छ । यसअघि यो फिल्म हङकङमा प्रर्दशन भइसकेको छ ।

जापान प्रिमियरमा निर्माता रावल, निर्मात्री दुर्गिस थापा, कलाकार शुसील श्रेष्ठ, स्यारोन श्रेष्ठ र रंग पत्रकार श्याम अर्याल सहभागी हुने भएका छन् । निर्माता रावलले अरु दुई चलचित्र ‘लाहुरे’ र ‘उलन म्यारी’को निर्माण कार्य पनि सुरु गरिरहेका छन ।।