आजको मन्त्रीपरिषद बैठकले रिक्त पदपूर्ति सहित चिडियाखाना निर्माण गर्ने निर्णय गर्याे

चीनको महावाणिज्य दुतमा रबि भट्टराई

काठमाडौं,माघ २० । आज बसेको मन्त्रीपरिषदको बैठकले यसअघि विभिन्न कारणले रिक्त हुन पुगेका पदहरुको पूर्ति गर्ने लगाएत अरु महत्वपूर्ण काम गर्ने बारे निर्णय गरेको छ ।

मन्त्रीपरिषदको बैठकले चीनको गोञ्जाओको महावाणिज्य दुतमा सहसचिव रबि भट्टराईलाई पठाउने निर्णय गरेको छ । त्यसै गरी बैठकले शिशिर ढुङ्गानालाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले यमकुमारी खतिवडालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसका साथै आजको बैठकले सबै मन्त्रालयहरुमा पूँजीगत खर्च कम र चालु बढी देखिएकोबारे अध्ययन गर्न अनुगमन समिति बनाउने निर्णय समेत गरेको छ ।

बैठकले तनहूँको बालिङ, खरेपानी क्षेत्रभित्रका ८ वटा जङ्गलमा चीडियाखाना निर्माण गर्ने बारेमा पनि निर्णय पनि गरेको सरकारका प्रवक्ता राम कार्कीले जनाएका छन ।