चर्चित गायक अर्जुन कौशल सहित आधा दर्जन कलाकारहरु आज बर्दिया महोत्सवमा

विहानैदेखी स्थानीय युवाहरुको जमघट हुदैं

बर्दिया,माघ १८ । बबइ उद्योग वाणिज्य संघ भुरिगाउँ बर्दियाको आयोजनामा संचालन भैरहेको ‘प्रथम बंबई उद्योग व्यापार,कृषि,पर्यटन तथा सुचना प्रविधि महोत्सव’ आज पाँचौदिन राष्ट्रिय कलाकारहरुद्धारा विशेष प्रस्तुति हुने भएको छ ।

माघ १४ गतेदेखि सुरुभएको उक्त महोत्सवको आज चार्चित गायक अर्जुन कौशल,रुपा घर्तिमगर,आइटम डान्सर सन्तराम थारु,रोस्य कुनुवार लगाएतका कलाकारहरुद्धारा जोडदार प्रस्तुति हुने भएको छ ।

अर्जुन कौशल जस्ता ख्याति प्राप्त कलाकारहरु आउने भएपछि आज बिहानैदेखी महोत्सव स्थल (सिंहवाहिनी खेल मैदान) क्षेत्रमा युवाहरु जम्माहुन थालेको त्यहाबाट हाम्रा सहकर्मिले जनाएका छन ।

महोत्सवको विषयमा हरपल नेपाल डटकमसँग कुरागर्दै आयोजक संस्थाका अध्यक्ष युवराज अधिकारीले भने–‘आजको कार्यक्रममा चर्चित गायक र अन्य कलाकारहरु आउने भएका छन । स्थानीय युवाहरु बिहानैदेखी उत्साहित भएका छन । अन्य दिनको तुलनामा आज दर्शकहरुको उपस्थिती बढ्ने देखिनछ ।’

महोेत्सवमा आउदो २१ गते चर्चित र लोकप्रिय नायिका तथा चलचित्र निर्माता रेखा थापा आउने निश्चीत भएको आयोजकल् जनाएको छ ।
त्यसैगरी महोत्सवमा भुवन केसी,आर्यन सिक्देल लगाएतका राष्ट्रिय कलाकारहरु पनि आउने फिक्स भएको बताइएको छ ।

स्थानीयवासीले महोत्सवबाट मनोरंजनका साथै व्यपारीक लाभ समेत लिएको आयोजकले जनाएको छ । महोत्सवमा १५० भन्दा बढि व्यपारीक स्टलहरु राखिएका छन ।