कोहलपुरबाट नेपाल टेलिभिजन प्रशारण गर्ने प्रधानमन्त्रीको घोषणा

स्थानीयवासी खुशी

काठमाडौं,माघ १७ । बाँकेको कोहलपुरबाट नेपाल टेलिभिजनको पुनः क्षेत्रीय प्रसारणका लागि बर्षौदेखि गरिएको प्रयास आज सफल भएको छ।

करिब दुई दशक अघि प्रशारण हुँदै आएको नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र कोहलपुर आजबाट पुनः प्रसारणमा आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एक औपचारिक कार्यक्रमबिच पुनः प्रशारण सुरु गरेका  छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाल टेलीभिजनको केन्द्रीय प्रशारण केन्द्र काठमाडौमा आयोजित कार्यक्रमबिच प्रशारणको शुभारम्भको घोषणा  गरेका हुन ।

प्रधानमन्त्री प्रचण्डले काठमाडौंबाट पुनः प्रसारणको सन्देश दिएपछि बाँके,बर्दिया,कैलाली,सुर्खेत लगायतका स्थानीयवासीन्दा,व्यापारी र कर्मचारीहरू खुशी भएका छन्।

पहिला एन्टिना मार्फत गाउँ गाउँमा टिभी हेर्ने गरिएकोमा अबभने सेटलाइट मार्फत विश्वभरिबाट टिभी  हेर्न सकिनेगरी तयारीको काम सुरू गरीएको क्षत्रिय प्रशारण केन्द्र कोहलपुरले हरपल नेपालसँग बताएको छ ।

टेलिभिजनले स्थानीय कला,संस्कृति र महत्वका विषयहरू उठान गरी सोही प्रकृतिका कार्यक्रम संचालन गरिने क्षत्रिय प्रशारण केन्द्र कोहलपुरले बताएको छ ।

कार्यालयका अनुसार कोहलपुरबाट नयाँ बर्ष २०७४ सँगै प्रशारण गर्ने तयारी भैरहेको छ ।

क्षेत्रीय प्रमुख विजय बर्माका अनुसार प्रधानमन्त्रीले टेलिभिजनको पुनः प्रशारण सुभारम्भको घोषणा गरेपछि कार्यालयका आन्तरीक व्यवस्थापनको कामलाई तिब्र गतिमा अघि बढाइएको छ।

प्रधानमन्त्री दाहालले भूसतही प्रणाली र भूउपग्रह प्रणाली मार्फत टेलिभिजन संचालन गर्ने विषयमा सरकारले तयारी गरिरहेको बताएका छन्।