गरीव परिवारका राजन,जस्ले १८ बर्षकै उमेरमा जेनेरेटरदेखि हेलिकप्टरसम्म बनाए,भन्छन–‘रेडियो फोडेपछि बनाउन सुरु भो’

विज्ञान र प्रविधिको क्षेत्रमा गहिरो प्याँस रहेको बताउने पर्वत फोक्सिङ–५,खिदीका १८ बर्षे राजन गुरुङ पोखरा इन्जिनियरिङ कलेल फिर्केमा कम्प्यूटर इन्जिनियर पढ्दै गरेका विद्यार्थी हुन । उनी हाल पहिलो बर्षमा अध्ययनरत छन । ९ बर्षको हुँदा रेडियोमा बोल्ने मान्छे कस्ता होलान भन्ने थाहापाउन रेडियो फोडेर उत्तर खोज्दै अगाडि बढेका राजनले हुने बिरुवाको चिल्लोपात भनेझै कक्षा ६ मा पढ्नेबेला नै हाते जेनेरेटर,सोलार सिस्टम जस्ता विज्ञान प्रविधीका सामाग्रीहरु निमार्ण गरेर सबैलाई अचम्मीत पारेका थिए ।
उनले हाल सम्म पाँच दर्जन भन्दा बढि वैज्ञानीक सामाग्रीहरु तयार गरिसकेका छन । उनी प्रयोग भएर फालिएका इलेक्ट्रोनिक सामाग्रीहरुका पार्ट,पुर्जाहरु निकालेर आफुले निमार्ण गर्ने सामाग्रीमा त्यसको प्रयोग गर्ने गर्दछन । आर्थिक हिसाबले निम्न वर्गको मानिस,क्षमता र प्रतिभाले परिचीत राजनसँग हरपल नेपाल डटकमले उनको विविध पक्षहरुको बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी….

रेडियो फोडेपछि सुरुवात भो बनाउने काम–त्यतिबेला सबै रिसाए

गरिब घरमा जन्मेको मान्छे,सानोहुँदा रेडियो पनि मुस्कीलले चलाउन पाइन्थ्यो । बिग्रन्छ भनेर बुवाले हामीलाई चलाउन दिनुहुदैनथ्यो । घरमा बुवाले रेडियो बजाउँदा त्यतिबेला मेरो मनमा एउटा प्रश्नले डेरा जमाएको थियो –,त्यति सानो रेडियोमा बोल्ने मानिसहरु कत्रा होलान ? त्यस भित्र कसरी गएका होलान ? भन्ने मलाई लाग्ने गर्दथ्यो । तर कसैसँग सोध्ने हिम्मत भने गरेको थिइन ।

म सानै हुनेबेला हो,सायद ९–१० बर्षको थिए । त्यो दिन घरमा कोही थिएन, त्यही मौका पाएर मैले बजीरहेको रेडियो भित्र बोल्ने मानिसहरु हेर्ने चाहनाले रेडियो फोडें । रेडियो फुट्यो तर बाहीन केहीपनि आएनन । आवाज पनि बन्द भो । फेरी मनमा अर्को पिडा आयो, अब बुवाले मार्नुहुन्छ भन्ने ।

मैले डराउदै फुटेको रेडियो उठाए अनि त्यसभित्रका सामानहरु अन्जानमै हेर्ने र चलाउने काम गरें । फलामको सानो काँटी खसेको थियो,मैले त्यो समातेर कताबाट खसेको रहेछ भनेर हेर्ने क्रममा कालो डल्लो (चुम्बक)मा त्यो आफै टाँसीयो, मलाई त्यो बेला सारै अचम्म लागेको थियो । अनि रमाइलो पनि । अनि त्यसको तलतिर एयटा रातो तार छुटेको देखें,त्यसलाई तल छुटेको ठाउँमा जोडे पछि रेडियो फेरी पहिलेकै जसरी बज्न थाल्यो । म असाध्यै खुशी भएको भए ।

साझँ बुवा घरमा आएपछि रेडियो फुटेको देखेर रिसाउनु भयो,मैले केहि बोलिन । त्यसपछि मेरो मनमा बत्ति कसरी बल्छ ? टीभीमा कसरी मानिस देखिनछन ? फोनमा कसरी कुरा हुन्छ भन्ने जस्ता कुराहरु उब्जीन थाले । म त्यसको उत्तरको लागि ति सामान फोड्ने काम गर्दथ्य,त्यतिबेला मेरो काम कसैलाई मन परेको थिएन । सायद त्यसकै कारण होला आज विज्ञान र प्रविधीका धेरै सामाग्रीहरु बनाउन सफल भएको छु । भविष्यमा अझै धेरै ठूलो काम गर्ने उद्देश्य बनाएको छु ।

स्कुल पढ्दा कहिल्यै फस्ट भइन–मुस्कीलले पाश हुन्थ्य

‘म स्कुल पढ्दा फस्ट कहिल्यै पनि भइन तर सरहरुले पढाएको कुरालाई व्यवहारमा अभ्यास गर्ने मेरो बानी थियो । मलाई किताब रट्न कहिल्यै मन लाग्दैनथ्यो,सायद त्यही भएर होला,मैले परीक्षामा धेरै अंक ल्याउन भने सकिन’– राजनले भने ।
ंंराजन आफुले पढेको कुरा रट्ने भन्दा प्रयोग र अभ्यास गर्ने काममा बढि ध्यान दिने गरेको बताउँछन । उनले भने–साथीहरु धेरै पढ्नुहुन्छ,तर म कम पढ्छु धेरै अभ्यास गर्छु ।

एसएलसी परीक्षा सेकेन्ड डिभिजनमा पाश गरेका उनले विज्ञानमा (४५) खासै राम्रो नम्बर ल्याउन नसकेको बताए । उनले भने–‘स्कुलको पढाइमा पाशमात्र हन्थ्य तर मनमा भने वैज्ञानीक खोज,अनुसन्धान गर्ने र विभिन्न सामाग्रीहरु बनाउने इच्छा बढेर गएको थियो । म राती,दिउँस केहि नभनि यहि एउटै विषयमा सोच्न थालें र आज सम्म पुग्दा धेरै कुरा सिके,अझै धेरै कुराहरु सिक्ने प्याँस बढेर गएको छ ।’

६ कक्षामा पढ्दा बनाए–‘जेनेरेटर र सोलार सिस्टम’

म १३ बर्षको थिए,कक्षा ६ मा पढ्ने बेलामा साइन्स विषयको प्राक्टीकल हुन्थ्यो, मैलें त्यही क्रममा फालिएका बस्तुहरुबाट हाते जेनेरेटर बनाएको थिए । त्यो देखेर कक्षामा सरले अचम्म मान्नु भएको थियो । त्यसपछि मैले त्यसैगरि सोलार सिस्टम पनि निर्माण गरे, मैले कक्षामा विज्ञान पढाउने सर (शिव ढकाल)लाई देखाए ।

उहाँले मलाई धेरै राम्रो, तिमिले यो क्षेत्रमा धेरै राम्रो प्रगति गर्न सक्छौ भन्नुभएको थियो । जस्ले मलाई दिनरात नयाँ नयाँ प्रयोगमा लाग्न प्रेरणा मिल्यो, सरले मलाई अभ्यास गर्नका लागि आवश्यक पर्ने सामानहरु जुटाउनेदेखी निर्माण गर्दा गाइडलाईन गरेर सहयोग गर्नुभयो ।
मैले एसएलसी पाश गर्ने बेलासम्म पाँच दर्जन भन्दाबढी विज्ञानका सामाग्रीहरुको निर्माण गरीसकेको थिए । त्यतिबेला मलाई स्कुलले पनि सहयोग गरेको थियो । त्यतिबेला डोजर,चार्ज गर्ने रोवट,सोलार सिस्टम,हाते जेनेरेटर,पानी जहाज आदी बनाई सकेको थिए ।

जीवनमै खुशीको दिन–जब पत्रिकामा नाम र फोटो आयो

मैले एकपछि अर्को गरेर निरन्तर १२ वटा विज्ञानका सामाग्रीहरु बनाए,त्यो देखेर स्कुलमा पत्रकारहरुलाई बोलाएर मेरो प्रतिभा र निमार्ण गरेका सामाग्रीहरु देखाउने करा भयो । पहिलो पटक पत्रिकामा आफ्नो नाम र फोटो छापिएपछि मलाई सारै खुशी लागेको थियो । त्यसपछि सबैले मलाई पहिलेको भन्दा फरक व्यवहार गर्न थालेको महशुस भयो । धेरैले मेरो प्रतिभाको सम्मान गनुहुन्थ्यो,जस्ले मलाई यहि क्षेत्रमा अझै खोज,अध्ययन र विकास गर्ने इच्छा पलायो ।

अध्ययनको लागि राम्रो वातावरण र सबैको साथ सहयोग पाएँ भने नेपाललाई विज्ञान र प्रविधीको दुनियाँमा एक कदम अगाडि बढाउन सक्छु भन्ने मलाई विश्वास छ । म रोवटमा केहि नयाँ प्रोग्रामहरु गरेर यसलाई विकास गर्ने सोचिरहेको छु । मैले जीवनमा मल्टी सेक्टर प्रयोगगर्न सकिने, नयाँ प्रकारको अटो रोवट बनाउने लक्ष्य राखेको छु । जस्ले धेरै कामहरु एकै पटक गर्न र अडर पालना गर्नेछ । म आफ्नो उद्देश्यमा निरन्तर लागिरहेको छु ।

एसएलसीपछि–तोप र हेलिकप्टरसम्म

मैले उसएलसी पाश गरेपछि रिमोट कन्ट्रोल,डोजर,मल्टी रोवट,के्रन,सेन्सरबाट व्लास्ट हुने तोप, ट्रान्सफर्मर,सेन्सरबाट उडाउन सकिने हेलिकप्टर ‘ड्रोन’ जस्ता विभिन्न सामाग्री निर्माण गरे । यसलाई अझै विकास गरेर प्रयोगमा ल्याउने गरि समेत निमार्ण गर्न सकिन्छ ।

आर्थिक सहयोग

युके,हङकङ लगायत र स्थानीय गुरुङ समाजबाट मलाई यतिबेला पढाइको लागि सहयोग मिलेको छ । पहिले कतैबाट पनि सहयोग थिएन,त्यतिबेला अगाडि बढ्न सक्दीन कि भन्ने पनि लाग्दथ्यो तर जब मैले एक पछि अर्को गर्दै नयाँ नयाँ सामाग्रीहरुको विकास गर्दै गए, पछि सबैतिरबाट सहयोग आउन थाल्यो । सहयोगकै आधारमा इन्जिनियरिङ अध्ययन गरिरहेको छु ।

काइचोको सहयोगले काठमाडौंसम्म पुगे

काइचो स्मार्ट स्कुल काठमाडौंसँग पहिले मेरो कुनै प्रकारको चिनजान थिएन । उहाँहरु विज्ञान र प्रविधीको क्षेत्रमा लामो समयदेखी काम गरिरहनु भएको रहेछ । उहाँहरुले मलाई विभिन्न संचारमाध्यमहरुमा देख्नुभएको रहेछ, सानै उमेरमा पनि विज्ञानका धेरै सामाग्रीहरुको अविस्कार गरेपछि भविष्यमा म बाट राम्रो आशा गरेर उहाँहरुले मलाई खोज्नु भयो । यसरी म उहाँहरुको सम्पर्कमा आएको हुँ ।

काठमाडौंमा माघमा क्यानले मेला आयोजना गर्दैछ भन्ने जानकारी पनि मलाई उहाँहरुले नै गराउनु भएको हो । आफुले निमार्ण गरेका सामाग्रीहरुको प्रदर्शन गर्ने उद्देश्यले म उहाँहरुको सहयोगबाट यहाँ पुगे । उहाँ काइचो ग्रुपले मलाई राम्रो सहयोग गर्नुभएको छ । धेरैजनाको राम्रो र हौसलापूर्ण प्रतिकृया पाएको छु । यसले मलाई अझै जाँगरीलो बनाएको छ ।

राज्यले विज्ञान र प्रविधिको क्षेत्रमा लगानि गर्नसके धेरै गर्न सकिनछ

प्रतिभा र क्षेमता भन्ने कुरा भौतिक धन सम्पती नभएका मानिससँग पनि हुन्छ, त्यो व्यतिगत सम्पति मात्र पनि होइन भन्ने मलाई लाग्छ । राज्यले क्षमता र प्रतिभा प्रदर्शन गरेर अगाडि बढ्न खोज्ने मानिसहरु जो सुकै भएपनि विशेष सहयोग गर्नु पर्दछ । मलाई लाग्छ त्यो राज्यको दाइत्व पनि हो ।
म सामान्य परिवारको मानिस हुँ । मेरो घरमा कमाउने मानिस कोहि छैन । मसँग भएको प्रतिभा अझै विकास गर्नका लागि सैदान्तीक शिक्षाको अत्यन्त जरुरी छ । यो देशमा म जस्ता धेरै प्रतिभाहरु छन,जस्ले आफ्नो परिवारको आर्थीक असक्षमताको कारण अघिबढ्न सक्नु भएको छैन होला, के उहाँहरुको विकासको लागि राज्यले आखाँ चिम्लन मिल्छ ? राज्यले मानिसमा भएको प्रतिभाको पहिचान गरी त्यसलाई देशको विकास र प्रतिष्ठासँग जोडेर अगाडि बढाउन मद्दत गनुपर्छ अनीमात्र यो देशमा पनि वैज्ञानीक रहेछन भन्ने विश्वले थाहा पाउछ । हामी विज्ञान र प्रविधीको जगतमा यसरी एक कदम अगाडि बढ्न सक्छौ भन्ने मलाई लाग्छ ।

गरीव परिवारका एक्ला छोरा राजन

मेरो चारजना दिदी र एउटा बैनी हुनुहुन्छ । उहाँहरुको बिहे भैसकेको छ,सबै जना आफ्नो आफ्नो घरतिर हुनुहुन्छ । घरमा आमा बुवा र म गरी हामी तीन जना छौ,तर आर्थिक हिसाबले कमाउने मानिस कोही छैन ।

मेरो बुवाको नाम किसन र आमा तपिसरा हो । बुवा गाउँघरमा काठको डकर्मिको काम गर्नुहुन्थ्यो, त्यसबाट परिवारको खर्च चलेको थियो तर पछि बुवाको खुट्टा (घुडाँमा) बाथको समस्या देखियो । अहिले बुवाले त्यो काम पनि गर्न सक्नुहुदैन । घरायसि खर्च चलाउनको लागि आमाले रक्सी बनाउने र बेच्ने काम गर्नुहुन्छ । हामीले बाख्रा,गोरु पनि पालेका छौ । त्यसबाट पनि सामान्य घरखर्च त चल्ने गर्छ, तर मेरो चाहना र रोजाईको लागि इन्जिनियर पढ्न सक्ने अवस्था भने थिएन । मेरो लागि सहयोग गर्नुहुने सबै संघ संस्था र व्यतिहरु मेरो भगवान हुनुहुन्छ,उहाँहरुकै कारण म मेरो सपना पुरा गर्ने दिशामा अघिबढि रहेको छु ।

सानोमा गोठालो जान्थ्य,अहिले पनि घरायसि काम गर्छु

म घरमा भएको बेला सबै खालका काम गर्छु । सानो हुँदा गोठालो पनि जाने गर्दथ्य । अहिले पनि घरमा हुँदा आमा बुवालाई काममा सघाउने गर्दछु । जुनसुकै काम गर्दा पनि त्यसबाट मैले केहि न केहि सिक्न पाएको महशुस गरेको हुन्छु , मलाई काम गर्दा सानो भइदैन भन्ने लाग्छ ।
मानिस सफल हुन पढाइ र अनुभव दुबै चाहिन्छ । म गरीब घरको मानिस हुँ । सानैदेखी काम, मेहनत गर्नुपर्छ भन्ने शिक्षा पाएको छु । म कर्ममा बढि विश्वास गर्छु । इन्जिनियर पढ्दैमा घरको काम गर्नै हुन्न भन्ने मलाई लाग्दैन ।

प्रेम प्रस्ताव आएको छैन–पढाइलाई प्रेम र पूजा ठानेको छु

उमेरले १८ बर्ष पुगेका कान्छो पुस्ताका विज्ञानका विभिन्न सामाग्रीहरु निमार्ण गरेर आफ्नो फरक परिचय बनाउन सफल राजनले आफ्नो व्यक्तिगत विषयमा लजाउदै हरपल नेपालसँग बताए–‘आमा,बुवा,गुरु र अरु ठूला,आदर्णीय व्यक्तित्वहरुबाट माया र हौसला पाएको छु ,पढाइलाई निरन्तरता दिदै वैज्ञानीक खोज र विकासको काममै पूर्णरपले आफुलाई सर्मपित गरेको छु । सायद आफुले त्यतातिर ध्यान नदिएकोले पनि होला अहिले सम्म कतैबाट प्रेम प्रस्ताब आएको छैन । मैले पनि कसैलाई मन पराएको महशुस गरेको छैन । मलाई मेरो काम र पढाइनै सबैभन्दा प्रिय लाग्छ,त्यसैले होला अरु कुरामा ध्यान गएको छैन । मेरो पढाइनै मेरो जीवनको अमूल्य प्रेम र पूजा ठानेको छु ।’
पढाइ बाहेक उनले कहिल्यै कसैसँग आकर्ष नभएको भन्दै विज्ञानको खोज र नयाँ अविष्कारको क्षेत्रमै आफ्नो आत्म जोडिएको र त्यसको गहिरो प्याँस मनमा रहेको बताए ।