आज शहिद दिवशः वीर सपुतहरुलाई सम्झना र सम्मान गर्ने दिन,विविध कार्यक्रम गरी मनाइदै

राजनीतिक स्वार्थले शहिदको सम्मान नभएको जनगुनासो

काठमाडां । आज माघ १६ अर्थात शहिद दिवश । विर नेपाल आमाका सपुतहरुलाई सम्झना र सम्मान गर्ने दिन हो ।
मिमिरे तारा झरेपछि मात्र विहानी भएजस्तै मुलुक बन्नकालागि पनि हरेक एतिहासिक कालखण्डमा वीरताले देशको रक्षा गर्ने सपूतहरु अनि उनीहरुको वलिदान रहेको अत्यन्त महत्वपूर्ण रहन्छ । आज तिनै सपुतहरुको सम्झना र सम्मानको लागि शहिद दिवस मनाउने गरिन्छ ।

सहिद दिवश परिवर्तित परिपेक्ष्यमा नेपाललाई शहिद दिवसका रुपमा एकदिन मात्र नभई शहिद सप्ताहका रुपमा एकहप्ता अगाडिदेखिनै विभिन्न कार्यक्रम गरेर मनाईने गरिन्छ ।

शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहिद सप्ताहका रुपमा मनाइन्छ ।

आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिक्ताकालागि शहिदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरु अनि घटनाक्रमहरुले ताजा गराउने गरेको बौद्धिक व्यक्तित्वहरु बताउछन ।

शहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो शहिद लखन थापा हुन । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्बत १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारेका थिए । थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए ।

शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको थियो । विक्रम सम्बत १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो ।

त्यसैगरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधि गोली हानी हत्या गरिएको थियो ।
प्रजातान्त्रिक इतिहास अनि वीर शहिदहरुको, राणा शासनका विरुद्धमा अनि प्रजातन्त्र बहालिकालागि शहिदहरुले वलिदान दिएकोमा वि. सं. २००७ सालको प्रजातन्त्र पश्चात पुनः निर्दलिय व्यवस्था लगायत ३२ सालको जनमत संग्रह हुँदै ०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलिय प्रजातन्त्रको पूर्नस्थापनासम्ममा धेरै ज्ञात अज्ञात नेपाल आमाका छोराछोरीहरु शहिद भएका छन । आज ति सबै शहिदहरुलाई सम्मान गरिन्छ ।

शहिदहरुको सपना र त्यागलाई सबै जनता, नेपाली राजनीतिज्ञ अनि नेतृत्वले आजका दिन हृदयदेखि सोंच्नुपर्ने बेला आएको नागरिकहरुले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गरेका छन । शहिदका परिवार अनि घरहरु लगायत शहिद परिवारका सदस्यहरुको अवस्था दूरदराजमा कस्तो रहेको छ ? विचार गर्न जरुरी छ, शहिदले जस्तो त्यागि जिवन आजका राजनीतिज्ञहरुमा देखियोस, उनीहरुले भनेका छन ।

त्यसपछिको कालखण्डमा भएका स(शस्त्र द्वन्द्व अनि हिंसाको फेरिहिस्त लामै छ, अझै धेरै नेपालीहरू वेपत्ता पारिएको सुचीमा छन् भने दोषी निर्दोषी सबैजनाको वीरगतीको विवरण लामो छ ।

राजनीतिक परिवर्तनको लागि ०६२ र ०६३ सालको जनआन्दोलन र त्यसपछी पूर्नवाहली गरिएको प्रजातन्त्र अनि गणतन्त्रमा प्रवेश गरेको नेपालले आज सम्म धेरै शहिद जन्माइसकेको छ, तर मुलुक अझै शहिदले देखाएको बाटोमा हिड्न नसकेको शहिद दिवस मनाउन अघि बढेका नागरिकहरु बताउछन ।

विशेषतः विधार्थी अनि मजदुरहरुको सक्रिय सहभागीतामा नेपाली ईतिहासले आन्दोलन अनि परिवर्तन ल्याउन सफल भएको छ, पुस्तक र कलम अनि औजार दुबै हातमा बोकेर आन्दोलनमा होमिएका अनि सत्यको पक्ष लागेर शहिद भएका सम्पूर्ण शहिदहरुलाई आज नेपालले सम्झना गर्न चाहन्छ ।

उनीहरुले भनेका छन–‘शहिद गेटमा रहेको शहिदहरुको प्रतिमा देखि गंगालाल हृदयरोग प्रतिष्टान लगायत शहिदका नाममा गठन गरिएका विभिन्न परोपकारी सँस्थाहरुले, हुलाक टिकटहरु अनि सरकारी कार्यलयमा झुन्ड्याईएका तस्वीरहरु, शहिदहरुको नाममा बनाईएका बाटाघाटाहरु लगायतले शहिदको महत्व हामीलाई बुझाईरहेका छन । तर त्यतिले मात्र सहिदको सम्मान हुदैन,सहिदले देखाएको सपना पुरा गर्ने बाटोमा हामी लाग्नु पर्दछ ।’

पछिल्लो समयमा नेपाली राजनैतिक पृष्ठपोषकहरुले झिना मसिना घटनाक्रम अनि राजनैतिक स्वार्थअनुरुप शहिदहरु तोक्ने काम भएको प्रति असहमति जनाउदै उनीहरुले राज्यले शहिदको एउटा परिभाषा नै बनाउनु पर्ने बताए । शहिद भनेर जस्लाई पनि घोषणा गरेको भन्दै यतिबेला जनगुनासो बढिरहेका छन ।