भूकम्पले भवन भत्किएपछि भवन निमार्णमा भएको ढिलाईका कारण विद्यार्थी खुला चौरमा पढ्न बाध्य

दलीय भागबन्डमा हाबी

खोटाङ – दलीय भागबन्डमा बजेट वितरण गर्ने परिपाटीका कारण भूकम्पले क्षतिग्रस्त विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन । जलेश्वरी ३ स्थित जनकल्याण प्राथमिक विद्यालयमा भवन बनाउन आवश्यक भएर पनि बजेट नपाउँदा विद्यार्थी चौरमा पढ्न बाध्य छन।

आवश्यकताभन्दा पनि दलका नेताको सिफारिसमा बजेट विरण गर्ने परिपाटिका कारण आफ्नो विद्यालयले भवन बनाउने बजेट नपाएको व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राइले गुनासो गरे ।

भूकम्पको क्षति र आवश्यकताका आधार गत बर्ष नै भवन बनाउने बजेट पाउनुपर्नेमा यसपल्ट पनि नपाएको उनको भनाइ छ ।

भूकम्पले भवन भत्किएपछि जनकल्याण प्राविले चौरमा पढाइ सञ्चालन गर्दै आएको छ । कक्षा तीन सम्म पढाइ हुने विद्यालयमा २९ जना विद्यार्थी छन् । भत्किएको भवनको भग्नावशेष मात्र छ । यो खबर आजको नागरिकमा छ ।