राष्ट्रपति भण्डारीबाट ल्होसारको शुभकामना

काठमाडौँ, माघ १५ । राष्ट्रपतिले सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

“जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ समुदायले यस पर्वलाई नयाँ वर्ष र न्वाँगी पूजाका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । आपसी मनोरञ्जन र खुसी साटासाट गरी मनाइने यस पर्वले हामीबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पु¥याउनेछ ।

मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो दायित्व हो”– विज्ञप्तिमा उहाँले भन्नुभएको छ ।

तामाङ संस्कृति आफैँमा मौलिक, सुसंस्कृत, सम्पन्न र समृद्ध रहेको, यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैल्याई नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गर्नुभएको छ । रासस