आज सोनाम ल्होसार पर्व- टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना

बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश गरेको जनविश्वाश

काठमाडौँ, माघ १५ । आज सोनाम ल्होसार पर्व, तामाङ समुदायले हरेक बर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गर्दछन ।
सोनाम ल्होसार पर्वमा विविध कार्यक्रमको आयोजना गरी मनाने भएको छ ।

मञ्जुश्री पात्रो अनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको मान्यता तामाङ समुदायकमा रहेको पाइन्छ । यो पर्वका विषयमा खोज र थप अध्ययनबहरु भैेरहेको छ ।

यस वर्ष बौद्ध स्तूपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रूपमा मनाइँदैछ । स्तूप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले शनिबार बौद्धका चार ढोका खोलिन्छ र दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्न दिइन्छ ।

यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला, संस्कृति लगायतको प्रदर्शन गरिनेछ ।